एचआइडीसीएलले पायो १०० प्रतिशत हकप्रद जारी गर्न अनुमति

काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)ले शतप्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ ।

 

नेपाल धितोपत्र बोर्डले एचआइडीसीएललाई १ः१ अनुपातमा हकप्रद जारी गर्न आज अनुमति दिएको हो । कम्पनीले चैत १२ गते अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो।

 

बोर्डको अनुमति पाएसँगै अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ११ अर्ब कम्पनीले रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद जारी गर्नेछ ।

 

हाल ११ अर्ब चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद पछि चुक्ता पूँजी २२ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिलट लिमिटेड रहेको छ।

नारायणगढ-बुटवल सडक धमाधम ४ लेनमा विस्तार हुँदै, एकैसाथ ३४ पुल बन्दै Read Previous

नारायणगढ-बुटवल सडक धमाधम ४ लेनमा विस्तार हुँदै, एकैसाथ ३४ पुल बन्दै

टाटा योद्धाको सहकार्यमा सिटी कार्गोको निःशुल्क अक्सिजन डेलिभरी सेवा Read Next

टाटा योद्धाको सहकार्यमा सिटी कार्गोको निःशुल्क अक्सिजन डेलिभरी सेवा