काठमाडौं । अखिल यातायात मजदुर संघ र उपत्यका ट्याक्सी विशेष समितिले निःशुल्क ट्याक्सी सेवा शुरु गरेको छ । निषेधाज्ञाका बीच नियमित अस्पताल जानुपर्ने र दीर्घरोगीलाई लक्षित गर्दै यी दुई संस्थाले निःशुल्क ट्याक्सी सेवा शुरु गरेका हुन् ।
विशेष गरी मिर्गौलारोगी र नियमित अस्पताल गएर डायलाइसिस गर्नुपर्ने बिरामीहरूलाई लक्षित गर्दै सेवा शुरु गरिएको समितिले जनाएको छ । समितिका अनुसार हाल ३ दर्जनबढी ट्याक्सीबाट निःशुल्क सेवा दिइरहेका छन् ।
यो सेवा उपत्यकाका तीनै जिल्लामा उपलब्ध हुने बताइएको छ । हाल टिचिङ अस्पतालमा ट्याक्सी सञ्चालन भइरहेको छ भने वीर क्रमशः अन्य अस्पतालमा पनि यो सेवा विस्तार गरिने समितको भनाइ छ ।
बिरामीले फोन गरेपछि ट्याक्सी घरमै आएर बिरामीलाई निःशुल्क अस्पताल पुर्याइदिनेछन् । समितिका अनुसार बिरामीले १० किलोमिटरसम्म निःशुल्क सेवा पाउनेछन् भने सोभन्दा बढी यात्रा गरे किलोमिटरको आधारमा तेल खर्च मात्रै दिनुपर्नेछ ।
समितिका अनुसार यी हुन् निःशुल्क सेवा दिने ट्याक्सी चालक र सम्पर्क नम्बर
अनिल दाहाल ९८४१५०४५४६
लक्ष्मीप्रसाद राई ९८४३४९४७६०
मिलन राई ९८४५४३३२७५
किरण नेवार ९८६०६०६१६२
राज जोशी ९८२७१०४०५२
अनिल श्रेष्ठ ९८१३९१५६३८
शंकर भण्डारी ९८४९ ०४६४००
प्रल्हाद गुरुङ ९८१८११५७९७
पेशल कार्की ९८२८८८२०५८
सञ्जीव नेपाली ९८४०२४६५१७
कपिलबहादुर प्याकुरेल ९८१८९६९६९१
विष्णु हमाल ९८४११५३३२९
राम कुमार राई ९८१८०४३३३०