नेपालमै पहिलोपटक अक्सिजन सिलिण्डर उत्पादन हुने, परीक्षण सफल

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिण्डरको उत्पादन परीक्षण गरेको छ । कोभिड–१९ को महामारी फैलिएको र अक्सिजन सिलिण्डरको अभाव भइरहेका बेला नयाँ सिलिण्डर निर्माण गरी परीक्षण गरिएको हो ।

 

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मंगलबारउत्पादनको अवलोकन गरी परीक्षणको शुभारम्भ गरे । मन्त्री श्रेष्ठले सिलिण्डर उत्पादन गर्न सक्ने अवस्थाबारे जानकारी लिएपछि अक्सिजन बनाउन प्रयोग हुने जियोलाइटको अभावपूर्ति गर्न सरकार गम्भीर रुपमा लाग्ने बताउँदै नाष्टले अझै धेरै आविष्कार गर्न बाँकी रहेको जनाए ।

 

परीक्षण सफल भएसँगै अब नेपालले प्रेसर धान्न सक्ने लिलिण्डर उप्तादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिनेछ । नाष्टका प्रविधि संकाय प्रमुख डा. रवीन्द्र ढकालले अब उत्पादन गर्ने कम्पनीसँग छलफल गरी व्यावयायिक उत्पादन गर्न अनुमति दिने बए ।

 

उनका अनुसार नेपालमा पाइने सिलिण्डरको न्यूनतम् मूल्य करिब १५ हजार पर्ने भने नाष्टको प्रविधि प्रयोग भएका सिलिण्डरको करिब १० हजार भन्दा कम मूल्य पर्नेछ ।

 

सो सिलिन्डर मा ग्यास सिलिण्डरमा ग्यासको दबाब २२५ बारसम्म भए सुरक्षित रहन्छ । परीक्षण गर्दा ग्यासको दबाब २३५ बार सम्म पुगेपछि सिलिण्डरमा जोडिएको पाइपमा सामान्य समस्या आएको थियो ।

सेयरमा आक्रमक लगानी गर्दै बैंकहरु, सेयर कर्जा १ खर्ब नजिक, यसकारण बढाए लगानी Read Previous

सेयरमा आक्रमक लगानी गर्दै बैंकहरु, सेयर कर्जा १ खर्ब नजिक, यसकारण बढाए लगानी

सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?