विदेशी लगानीका हिमालयन र एनएमबी बैंकको आकर्षक प्रगति

काठमाडौं । विदेशी संयुक्त लगानीका वाणिज्य बैंकहरु हिमालयन र एनएमबीले आर्थिक वर्ष २०७५/७६ मा आकर्षक प्रगति गरेका छन् ।

 

दुवै बैंकले खुद नाफा, सञ्चालन नाफा, खुद ब्याज आम्दानी, निक्षेप संकलन, कर्जा प्रवाह, प्रतिसेयर आम्दानी लगायतका महत्वपूर्ण सूचकमा बढोत्तरी गरेका छन् ।

 

हिमालयनको नाफा ९७ अर्बले बढ्यो, वितरण योग्या नाफा २ अर्ब २ करोड

 

हिमालयन बैंकले आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकले खुद नाफामा ठूलो छलाङ मारेको छ ।

 

बैंकले गत वर्ष २ अर्ब ८४ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ५१.७९% ले बढी हो । अघिल्लो वर्ष यसै अवधिमा बैंकले १ अर्ब ८७ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

हिमालयनको वितरण योग्य नाफा २ अर्ब २ करोड २४ लाख रुपैयाँ रहेको छ । यसबाट बैंकले आफ्ना शेयरधनीलाई २३ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता कायम भएको छ।

 

हिमालयन बैंकले बैंकले असार मसान्तसम्म १ खर्ब ९ अर्ब ३९ लाख रुपैयाँ निक्षेप संकलन तथा ९२ अर्ब ८२ करोड ९ लाख कर्जा परिचालन गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप १०.५०% र कर्जा १२.५०%ले बढेको हो। यस्तै बैंकको खुद ब्याज आम्दानी १६.६७% र सञ्चालन नाफा ३४.७५% ले बढेको छ ।

 

हिमालयनको प्रतिसेयर आम्दानी १०.३ रुपैयाँले बढेर ३३.४१ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८८.७६ रुपैयाँ रहेको छ ।

 

एनएमबि बैंकको नाफा २४.६१% ले बढ्यो, ब्याज आम्दानीमा आकर्षक सुधार

 

विदेशी लगानीको एनएमबी बैंकले आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमाससम्ममा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा २४.६१% ले बढी हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ८५ करोड ३७ लाख खुद नाफा कमाएको थियो

 

 

एनएमबीको आर्थिक वर्षको नाफाबाट वितरण योग्य रकम १ अर्ब २७ करोड ४७ लाख ९३ हजार रुपैयाँ छ । यसबाट बैंकले आफ्ना शेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता कायम भएको छ ।

 

यस्तै, बैंकको सेयरधनी प्रिमियम कोषमा २ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । यसबाट बैंकले थप २६% लाभांश बाँड्न सक्ने क्षमता राख्दछ ।

 

बैंकको सञ्चालन नाफा अघिल्लो वर्षको तुलनामा २८.०२% ले बढेर ३ अर्ब २७ करोड ८७ लाख रुपैयाँ पुगेको । बैंकको खुद ब्याज आम्दनी ४६.९१% ले बढेर ४ अर्ब २६ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

 

एनएमबीले असार मसान्तसम्म ९७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप १६.५८% र कर्जा २१.७०%ले बढेको हो ।

 

चुक्ता पूँजी २६%ले बढाउँदा पनि एनएमबिको प्रतिसेयर आम्दानी २.२३रुपैयाँले बढेर २४.९ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८१.४९ रुपैयाँ रहेको छ ।

बङ्गलादेश बैंकको नाफा ४१% बढ्यो, सेन्चुरीको ५ करोडले घट्यो Read Previous

बङ्गलादेश बैंकको नाफा ४१% बढ्यो, सेन्चुरीको ५ करोडले घट्यो

जनता र प्राइम बैंकको अधिकांश सूचकमा बढोत्तरी Read Next

जनता र प्राइम बैंकको अधिकांश सूचकमा बढोत्तरी