बङ्गलादेश बैंकको नाफा ४१% बढ्यो, सेन्चुरीको ५ करोडले घट्यो

काठमाडौं । बिहीबार नेपाल बंगलादेश बैंक र सेन्चुरी कमर्सियल बैंकले आर्थिक वर्ष २०७५÷७६ को चोथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

 

सार्वजनिक विवरण अनुसार बंगलादेश बैंकले अधिकांश सूचकमा आकर्षक प्रगति गरेको छ भने र सेन्चुरीको खुद नाफा, ब्याज आम्दानी लगायतका महत्वपूर्ण सूचकमा गिरावट आएको छ ।

 

बंगलादेशको नाफा ४७ करोडले बढ्यो, वितरण योग्य नाफा १ अर्ब ३ करोड

 

नेपाल बङ्गलादेश बैंकको खुद नाफा ४१.५६% ले बढेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ६१ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

 

यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनाम ४७ करोड ५५ लाखले बढी हो । बैंकले अघिल्लो वर्ष १ अर्ब १४ करोड ४० लाख खुद नाफा गरेको थियो ।

 

बैंकको वितरण योग्य नाफा १ अर्ब ३ करोड ९७ लाख ५८ हजार रुपैयाँ रहेको छ । यसबाट बैंकले सेयरधनी लगानीकर्तालाई १२ %सम्म लाभांश बाँड्न सक्ने क्षमता राख्दछ ।

 

बैंकले कर्जा लागनी र निक्षेप संकलन पनि क्रमशः २४.५०% र २८.९९% ले बढाएको छ । बैंकले ५९ अर्ब ८२ करोड निक्षेप संकलन गरी ५२ अर्ब ७२ करोड मर्जा लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी ४७.८९% र सञ्चालन नाफा ४६.८९% ले बढेको छ ।

 

बैंकले रिजर्भ फन्ड २२.६३% ले बढाएर ३ अर्ब ३२ करोड ४ लाख ४४ हजार रुपैयाँ पुर्याएको छ । बैंकको प्रतिसेयर आम्दानी ५.०७ रुपैयाँले बढेर २०.२ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५३.९१ रुपैयाँ रहेको छ ।

 

सेन्चुरीको खुद नाफा ५.६४% ले घट्यो, वितरण योग्य नाफा ५३ करोड

 

सेन्चुरी कमर्सियल बैंकको आर्थिक वर्ष २०७५र ७६मा खुद नाफा ५.६४%ले घटेर ८६ करोड ८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ९१ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

बैंकको वितरण योग्य नाफा ५३ करोड ५१ लाख २८ हजार रुपैयाँ छ ।बैंकको सञ्चालन नाफा पनि १.०२% ले घटेको छ । खुद ब्याज आम्दानी भने ३९.२९% ले बढेर २ अर्ब ६७ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

 

बैंकको निक्षेप संकलन र कर्जा लगानी पनि क्रमशः ८.७५% र ७.७४% ले बढेको छ । बैंकले ५७ अर्ब ९९ करोड निक्षेप संकलन गरी ५६ अर्ब ९३ करोड कर्जा लगानी गरेको छ ।

 

सेञ्चुरी कमर्सियलको प्रतिसेयर आम्दानी १.०८ रुपैयाँले घटेर १०. २३ रुपैयाँमा आएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १२०.८ रुपैयाँ रहेको छ ।

इन्भेष्टमेन्ट बैंकको अधिकांश सूचकमा गिरावट, नाफा २४ करोडले घट्यो Read Previous

इन्भेष्टमेन्ट बैंकको अधिकांश सूचकमा गिरावट, नाफा २४ करोडले घट्यो

विदेशी लगानीका हिमालयन र एनएमबी बैंकको आकर्षक प्रगति Read Next

विदेशी लगानीका हिमालयन र एनएमबी बैंकको आकर्षक प्रगति