इन्भेष्टमेन्ट बैंकको अधिकांश सूचकमा गिरावट, नाफा २४ करोडले घट्यो

काठमाडौं । वाणिज्य बैंकहरु मध्येमा राम्रो भनिएको नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा गत आर्थिक वर्षमा ६.६६% प्रतिशतले घटेको छ ।

 

इन्भेष्टमेन्टले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको अधिकांश सूचक घटेको छ । बैंकले गत वर्ष ३ अर्ब ४१ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ ।

 

यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा २४ करोड ३७ लाख रुपैयाँले कमि हो । अघिल्लो वर्ष यसैअवधिमा बैंकले ३ अर्ब ६५ करोड ९३ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

 

बैंकको वितरण योग्य नाफा १ अर्ब ३९ करोड ६ लाख ८३ हजार रुपैयाँ रहेको छ । जसबाट बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्दछ । बैंकको जगेडा कोषमा १० अर्ब ९५ करोड रुपैयाँ रहेको छ।

 

बैंकको खुद ब्याज आम्दानी १४.७६% ले घटेको छ । यसले पनि खुद नाफा घट्न सहयोग पुर्याएको हो । साथै, बैंकको खराब कर्जा १.४२% ले बढ्नु पनि अर्को कारण हो ।

 

निक्षेप संकलन ९.३७ % ले सुधार हुँदा ऋणको विस्तार भने ३.९५% मात्रै छ। सर्वसाधारणको १ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब २३ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ।

 

चुक्ता पूँजी १० अर्ब ६४ करोड रुपैयाँबाट १२ अर्ब ८६ करोड रुपैयाँ पुर्याउदा प्रति शेयर आम्दानी ९.१२ रुपैयाँले घटेर २६.५४ रुपैयाँमा आइपुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १९९.७८ रुपैयाँ रहेको छ ।

सबैभन्दा धेरै नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक पहिलो Read Previous

सबैभन्दा धेरै नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक पहिलो

बङ्गलादेश बैंकको नाफा ४१% बढ्यो, सेन्चुरीको ५ करोडले घट्यो Read Next

बङ्गलादेश बैंकको नाफा ४१% बढ्यो, सेन्चुरीको ५ करोडले घट्यो