जनता र प्राइम बैंकको अधिकांश सूचकमा बढोत्तरी

काठमाडौं । प्राइम कर्मसियल बैंक र ग्लोबल आइएमई बैंकसँग मर्जमा जाने सम्झौता गरिसकेको जनता बैंकले अधिकांश सूचकमा राम्रो प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

 

दुवै बैंकले खुद नाफा, सञ्चालन नाफा, खुद ब्याज आम्दानी, प्रतिसेयर आम्दानी, निक्षेप संकलन, कर्जा लगानी लगायतका महत्वपूर्ण सूचकहरुमा बढोत्तरी गरेका छन् ।

 

जनता बैंकको खुद नाफामा ३४% ले बढ्दा वितरण योग्य नाफा ९७ करोड

 

ग्लोबल आइएमई बैंकसँग मर्जमा जाने सम्झौता गरिसकेको जनता बैंक नेपालले खुद नाफामा ३४.१२% ले बढाएको छ ।जनताले आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ३४ करोड ४९ लाख खुद नाफा कमाएको छ ।

 

यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३४ करोड २२ लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब २७ लाख नाफा गरेको थियो ।

 

बैंक वितरण योग्य नाफा ९७ करोड २६ लाख ४९ हजार रुपैयाँ छ । बैंकको खुद ब्याज नाफा र सञ्चालन नाफा क्रमशः ४२.२६% र ५१.०६% ले बढाएको छ ।

 

बैंकले ७६ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरि ६६ अर्ब ८४ करोड रुपैयाँ ऋण लगानी गरेको छ। अघिल्लो वर्षमा बैंकले ५८ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरि ५२ अर्ब ७९ करोड रुपैयाँ ऋण विस्तार गरेको थियो।

 

बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ७० करोड रुपैयाँ जम्मा गरेको छ। पूँजीकोष अनुपात १३.३३ % छ भने खराव कर्जा केहि सुधार गर्दै १.११%मा झारेको छ।

 

बैंकको प्रतिसेयर आम्दानी ४.२८ रुपैयाँले बढेर १६.८१ रुपैयाँ पुगेको छ । जनताको प्रतिसेयर नेटवर्थ १३३.५४ रुपैयाँ रहेको छ ।

 

प्राइम बैंकको नाफा ३७ प्रतिशतले बढ्यो, वितरण योग्य नाफा १ अर्ब ६० करोड

 

प्राइम बैंकले गत आर्थिक वर्षमा ३७ प्रतिशतले नाफा बढाएको छ। बैंकले आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ६४ करोड रुपैयाँले बढी हो । अघिल्लो वर्षको यसै अवधिमा बैंकले १ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएको थियो  ।

 

बैंकको वितरण योग्य नाफा १ अर्ब ६० करोड ७ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकले रिजर्भ फन्ड ४१.९३% ले बढाएर २ अर्ब ६० करोड ९४ लाख ४८ हजार रुपैयाँ जम्मा गरेको छ ।

 

अघिल्लो वर्ष खुद व्याज आम्दानी २ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा गत वर्ष ३ अर्ब ५९ करोड रुपैयाँ आम्दानी गरेको छ।बैंकले ७७ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरि ७२ अर्ब ५१ करोड रुपैयाँ ऋण लगानी गरेको छ। अघिल्लो वर्ष ७२ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरि ६७ अर्ब १३ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।

 

बैंकको चुक्ता पूँजी ९ अर्ब ३१ करोड रुपैयाँ छ भने जगेडा कोषमा दुई अर्ब ६० करोड रुपैयाँ जम्मा भएको छ। प्राइमको प्रतिसेयर आम्दानी ३.८९ रुपैयाँले बढेर रुपैयाँबाट २५.३८ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४५.७२ रुपैयाँ रहेको छ ।

विदेशी लगानीका हिमालयन र एनएमबी बैंकको आकर्षक प्रगति Read Previous

विदेशी लगानीका हिमालयन र एनएमबी बैंकको आकर्षक प्रगति

ज्योति विकास बैंक र साम्सरा रेमिटबीच सम्झौता Read Next

ज्योति विकास बैंक र साम्सरा रेमिटबीच सम्झौता