काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा रेडमी नोट १० प्रो को लन्च गरेको छ । रेडमी नोट १० प्रो बेस्ट–इन–क्लास फिचर्सहरुका साथ जस्तै १०८ एमपी क्यामेरा, १२० हट्र्ज सुपर एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागन टीएा ७३२ जी, ईभोल डिजाइनका साथ उपलब्ध छ जसले टेक इनोभेसनको क्षेत्रमा नयाँ आयाम ल्याएको छ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने, “देशमा पहिलो रेडमी नोटको शुरु भएदेखि नै नोट सिरिजले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएको छ जसमा हाम्रा उपकरणहरु मध्ये प्रिमिएम मूल्य क्षेत्रमा डि–फ्याक्टो विकल्पको रुपमा परिणत भएका छन् । रेडमी नोट सिरिजको हाम्रो १० औँ जेनेरेसनको प्रषेपणका साथ हामी टेक्नोलोजीको हरेक अंश जस्तै क्यामेरा, डिस्प्ले र प्रदर्शनलाई लिएर यस भागमा एक व्रmान्तिकारी परिवर्तन ल्याएको छौ ।”
उनले थपे, “रेडमी नोट १० को सुविधारु जस्तै १०८ एमपी क्यामेरा, १२० हर्ट्जको रिफ्रेस–रेट एमोलेड टेक्नोलोजीका साथ प्रदर्शन, नवीनतम क्वालकम स्न्यापड्रागन प्रोसेसर र अधिककासाथ हामी टेक्नोलोजी प्रजातान्त्रिकरण गर्दैछौँ। यी उपकरणहरुले (क) बेस्ट स्पेक्स (ख) हाईयेस्ट क्यवालिटी र (ग) अनेस्ट प्राईस साथ ब्रान्डको वचनलाई व्यक्तिगत गरेको छ। हामी विश्वस्त छौँ कि यी उपकरणहरुले उद्योगमा केही नयाँ बेन्चमार्कहरु सेट गर्ने छ ।”
रेडमी नोट १० प्रोः १२० हर्ट्ज सुपर एमोलेड १०८ एमपी क्वाड क्यामेरा
रेडमी नोट १० प्रो एक क्वाड क्यामेरा सेटअपको साथ आउँछ जसमा १०८ एमपी प्राइमरी क्यामेरा, ८ एमपी अल्ट्रा वाइड लेन्स, ५ एमपी सुपर म्याक्रो र २ एमपी डेप्थ सेन्सर उपलब्ध छ । फ्रन्ट क्यामेरा १६ एमपीको डिस्प्ले क्यामेरा हो जसमा सानो पञ्च होल बनाइएको छ र यसको व्यास मात्र २.९६ मिलिमिटर रहेको छ ।
भर्सटाइलः १०८ एमपी क्वाड क्यामेरा एरे
रेडमी नोट १० प्रो मा १०८ एमपीको प्राइमरी क्यामेराको सुविधा रहेको छ। रेडमी नोट १० प्रो मा लेटेस्ट १०८ एमपी सामसुङ्ग आइसोसेल एचएम २ क्यामेरा सेन्सर रहेको छ जसले उत्कृष्ट क्यामेरा क्षमताहरुको प्रदान गर्दछ।
यो १०८ एमपी क्यामेरा सेन्सरको तेस्रो जेनेरेशन हो र यो डिजाइन गरिएको अहिले सम्मकै पातलो डिजाइन हो– यसको अघिल्लो जेनेरेशन भन्दा यो १५ प्रतिशतले पातलो छ। आइसोसेल प्लस र स्मार्ट–आईएसओ टेक्नोलोजीहरुले व्यापक डाइनामिक रेन्ज र अप्टिमल एक्सपोजरहरु प्रदान गर्दछ । यसमा ९–इन–१ पिक्सेल बिनिङ्ग टेक्नोलोजी पनि रहेको छ जसले अन–प्रारालल्ड लो–लाइट पर्फमेन्सको लागि ठूलो २.१ माइक्रोमिटरको पिक्सेल साइज प्रदान गर्दछ।
म्याक्रो क्यामेराको एक्सपेरियन्सलाई अर्को चरणमा लैजाँदै, रेडमी नोट १० मा ५ एमपी सुपर म्याक्रो क्यामेरा सेन्सरको सुविधा रहेको छ। सुपर म्याक्रो लेन्स म्याक्रो लेन्समा इन्टिग्रेट गरिएको एक टेलीफोटो लेन्स हो। यसको मद्दतले उपभोक्ताहरुले २ह्थप जूम गर्न सक्दछन् जसले म्याक्रो क्यामेरा एक्सपेरियन्सको लागि धेरै भिन्न परिप्रेक्षलाई सक्षम पार्दछ।
८ एमपी अल्ट्रा वाइड
रेडमी नोट १० प्रो मा ८ एमपीको अल्ट्रा वाइड सेन्सर पनि छ जसले उपभोक्ताहरुलाई अविश्वसनीय अल्ट्रा वाइट शटहरु ११८ डिग्रीसम्मको पर्फेक्ट फिल्ड अफ भ्यु हेर्नको लागि मद्दत गर्दछ। २ एमपी सेन्सरले क्रिस्प बोकेह शटहरु लिन सजिलो बनाउँछ। सफ्टवेयर एआई एल्गोरिदमहरुलाई लाइफ इमेजहरु र एक्सेपसनल भिडियो क्वालिटी प्रदान गर्नका लागि ट्युन गरिएको छ।
मीयुआइृ क्यामेरालाई नयाँ युगको सोसियल मिडिया क्रिएटसर्सहरुका लागि हुने गरि बनाइएको छ। यसमा विशेष सुविधाहरु छ जस्तै नाइट मोड २.०, भ्लग मोड, डुअल भिडियो, प्रो भिडियो मोड, म्याजिक क्लोन, लङ्ग एक्सपोजर मोड र अधिक मोडहरु जसले क्रिएटर्सहरुलाई बेसिक स्मार्टफोन फोटोग्राफी बाहेक अन्य कार्यका लागि प्रयोग गर्न सहज बनाउँछ । यसमा उच्च गुणवत्ताको सेल्फीहरु, भिडियोग्राफी र फेस अनलकको लागि १६ एमपीको फ्रन्ट क्यामेरा पनि रहेको छ।
भाइब्रेन्टः सुपर एमोलेड डिस्प्ले
रेडमी नोट १० प्रोमा १६.९ सेन्टिमिटर(६.६७)फुल एचडी+ सुपर एमोलेड डिस्प्ले, १२०० निट्सको पिक ब्राइटनेस,१२० हटर््जको रिफ्रेस रेट, १०० प्रतिशत डीसीआई–पी थ्री वाइड कलर ग्यामट र एचडीआर१० सपोर्टको प्रदर्शन रहेको छ जसले स्मार्टफोन इन्डस्ट्रिमा यसलाई बेस्ट डिस्प्लेको रुपमा फिचर गरेको छ।
सुपर स्मुथः १२० हट्र्ज रिफ्रेस रेट

सुपर एमोलेड प्यानेलले १२० हट्र्जको रिफ्रेस रेटको प्रदान गर्दछ जसले पहिले रेडमी स्मार्टफोनमा कहिल्यै नदेखिएको भाइब्रेन्ट,स्मुथ र इन्ट्युटिभ एक्सपेरियन्सको प्रदान गर्दछ। १२०हटर्ज रिफ्रेस रेटले यो सुनिश्चित गर्दछ कि उच्च एफपीएसको साथ खेलहरु सहज रुपमा रेडमी नोट १० प्रोमा चलोस् ।
सुपर ब्राइटः१२०० निट्स
सुपर एमोलेड प्यानेल १२०० निट्सको पिक ब्राइटनेसको साथ आउँछ जसलाई उद्योगकै सबैभन्दा उत्कृष्ट मानिन्छ। १२० हट्र्जको सुपर एमोलेड डिस्प्ले र १२०० निट्सको पिक ब्राइटनेसको साथ रेडमी नोट १० प्रोले मिड–प्रीमियम र फ्ल्यागशिप स्मार्टफोनको बिचको दूरीमा ब्रिज ल्याउँछ जसले डिस्प्लेले फ्ल्यागशिपलाई प्रतिद्वन्दि गर्दछ।
इभोल डिजाइनः डिजाईन्ड विथ लभ
रेडमी नोट १० सिरिजले सबै नयाँ इभोल डिजाइन भाषाको प्रस्तुत गर्दछ जसले रेडमी उपकरणहरुको समग्र्र डिजाइनमा आमूल परिवर्तन ल्याउँदछ। सबै पक्षबाट हेर्दा अपवादात्मक देखिने, ब्याक प्यानलमा डुअल टोन प्रीमियम म्याट फ्रोस्टेड ग्लास ब्याकको फिचर छ जुन नोट सिरिजको लागि पहिलो हो ।
रेडमी नोट १० प्रो ले डुअल स्टीरियो स्पिकर सेटअपलाई समेटेको छ जसले समग्र मल्टिमेडियाको एक्सपेरियन्सको लागि ठूलो, स्पष्ट र इमर्सिभ ध्वनीको प्रदान गर्दछ। अधिकतम पहुँच सुनिश्चित गर्नको लागि यसमा ३.५ मिलिमिटर ज्याकको साथसाथै आईआर ब्लाटर पनि रहेको छ। सुरक्षित अनलकको लागि उपकरणमा साइड–माउन्ट फिंगरप्रिन्ट रहेको छ जसले डबल–ट्याप जेस्चरलाई सपोर्ट गर्दछ।
उच्चतम गुणस्तरको स्तर कायम राख्दै रेडमी नोट १० प्रो मा कोर्निङ्ग गोरिल्ला ग्लास ५ रहेको छ जसले उपकरणलाई दुर्घटनात्मक झर्न र खरोच हुनबाट सुरक्षित राख्दछ । आइपी ५२ रेटिंग रबराइज्ड पोर्टको साथको मेलले धुलो र पानी इनग्रेस विरुद्धको सुरक्षा सुनिश्चित गर्दछ । कोरोजन प्रतिरोधी पोर्टहरुले सबै मौसम उपयोगिताको सुनिश्चित गर्दछ ।
रेडमी नोट १० प्रो भिन्टेज ब्रोन्ज, ग्लेसियल ब्लु र डार्क नाइट जस्ता विविध रंगहरुमा उपलब्ध हुनेछन् । अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरुमा यसको मूल्य ३३ हजार ९९९ रुपैयाँ रहेको छ ।