काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीको शपथ गराएकी हुन् ।
वैशाख २७ गते संसदमा विश्वासको मत नपाएपछि पदमुक्त भएका ओली ४ दिनपछि पुनः प्रधानमन्त्री बनेका हुन् । बिहीबार एमालेका अध्यक्ष ओलीलाई राष्ट्रपति भण्डारीले संसदको ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
ओली संविधानको धारा ७६ (३) अनुसार अल्मपतको सरकारको प्रधानमन्त्री बनेका हुन् । सपथ लिएसँगै ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् ।
उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्याएका छन् ।
को कुन मन्त्री बने ?
