काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसिएसन कोरोना संक्रमण बढ्दै गएको परिस्थितिलाई मध्येनजर गर्दै सकेसम्म थोरै रकम जम्मा गर्न बैंकमा नआउन आग्रह गरेको छ ।
एशोसिएसनले परिस्थिति केही सहज नभएसम्म स साना निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन सेवाग्राहीलाई अनुरोध गरेको हो ।
यद्यपि, एशोसिएशनले रकमको सीमा भने तोको छैन । यस अघि बिहीबार वाणिज्य बैंकको संगठन बैंकर्स संघले पनि केही समयका लागि ५० हजारभन्दा कम रकमको निक्षेप नलिने निर्णय गरेको थियो ।
डेभलपमेन्ट बैंकर्स एशोसिएसनले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न संघले पनि आग्रह गरेको छ । सम्भव भएसम्म कर्मचारीलाई घरबाटै काम लगाउन भनिएको छ ।
यस्तै, एशोसिएसनले बैंकहरुलाई प्रधान कार्यालयका कर्मचारीहरुलाई अत्यावश्यक बाहेकका कामका लागि कार्यालयमा नबोलाउ, सूचना प्रविधि, ग्राहक विभाग र नगद विभागका कर्मचारीलाई पनि अत्यावश्यकताका आधारमा मात्रै कार्यालयमा बोलाउन बैंकहरुलाई भनेको छ ।