टेलिकमको ‘लकडाउन स्टे कनेक्टेड’अफर, ३९ रुपैयाँमा अनलिमिटेड डाटा प्याक

काठमाडौं । दूरसंचार सेवा प्रदायक नेपाल टेलिकमले कोभिड–१९ को विषम परिस्थितिमा सेवाग्राहीको थप सुविधा दिने लक्ष्यका साथ एक महिने अफर ल्याएको छ ।

 

वैशाख ३१ देखि लागू हुने गरी टेलिकमले एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफर दिने जानकारी गराएको हो ।

 

टेलिकमले अफरको रुपमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ । अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपैयाँमा उपलब्ध गराउने भएको छ । उक्त डाटा प्याकको स्पीड १ एमबीपीएससम्म हुनेछ । यो अफर २४ घण्टासम्म चलाउन पाइने छ ।

 

दैनिक रुपमा एक पटक प्याक खरिद गरी बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म डाटा प्रयोग गर्न पाउने जनाएको छ । मोबाइलमा रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराउने समेत जनाएको छ । २०० देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा ५०० एमबी डाटा उपलब्ध गराउने टेलिकमले जनाएको छ । उक्त डाटा २ दिनभित्र प्रयोग गर्न पर्ने समयसिमा तोकेको छ ।

 

यसै गरी ५०० वा सो भन्दा बढी रकम रिचार्ज गर्दा १०२४ एमबी डाटा उपलब्ध गराइने छ र उक्त डाटा ४ दिन भित्र प्रयोग गरी सक्नु पर्ने टेलिकमले जनाएको छ ।

आरएमडीसी लघुवित्तको सेयर ४१६ रुपैयाँमै किन्ने अवसर ! कहाँबाट दिने आवेदन ? Read Previous

आरएमडीसी लघुवित्तको सेयर ४१६ रुपैयाँमै किन्ने अवसर ! कहाँबाट दिने आवेदन ?

हाइड्रोे र विकास बैंकको सेयरमा चमक, यी १२ कम्पनीका लगानीकर्ता मालामाल Read Next

हाइड्रोे र विकास बैंकको सेयरमा चमक, यी १२ कम्पनीका लगानीकर्ता मालामाल