हाइड्रोे र विकास बैंकको सेयरमा चमक, यी १२ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारले आफ्नो उकालो यात्रा निरन्तर राखेको छ । सोमबारदेखि लगातार उकालो लागेको बजार आज दोहोरो अंकले बढेको हो । यससाताको पछिल्ला ४ दिनमा नेप्से करिब ६६ अंकले बढेको छ ।

 

सूचकसँगै आज कारोबार रकम पनि उत्साहजनक रुपले बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै २ अर्बले बढेर ७ अर्ब नाघेको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से १०.१३ अंकले बढेर २६८४.०१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१८ कम्पनीको ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २८० रुपैयाँ बराबरको २ करोड १९ लाख ५५ हजार ९४३ कित्ता सेयर किनबेच भएका छन् ।

 

बिहीबार कारोबारमा आएका १३ वटा समूहमध्ये ९ समूहको परिसूचकमा हरियाली छाएको छ भने ४ समूहको परिसूचक राताम्मे भएको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ८५.१२ अंकले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै २३.८६ अंकले घटेको छ ।

 

कारोबारमा आएका २१८ कम्पनीमध्ये १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६५ कम्पनीको घटेको छ । १९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ४९ करोड ४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेशनल हाइड्रोेपावरको २५ करोड र अरुण काबेलीको २१ करोड रुपैयाँको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले बढेको बजारमा आज १ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । दिव्यश्वरी हाइड्रोेपावर र समता घरेलु लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

यसैगरी, आज विशाल बजार, रुरु जलविद्युत्, सांग्रिला विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, जोशी हाइड्रोेपावर, समृद्धि फाइनान्स, आँखुखोला जलविद्युत्, खानीखोला हाइड्रोेपावर, बेस्ट फाइनान्स र युनियन हाइड्रोेपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

 

बढ्दो बजारमा आज रिडी हाइड्रोेपावरको सेयर मूल्य सबैभन्दा धेरै २.०९ प्रतिशतले घटेको छ ।

टेलिकमको 'लकडाउन स्टे कनेक्टेड'अफर, ३९ रुपैयाँमा अनलिमिटेड डाटा प्याक Read Previous

टेलिकमको 'लकडाउन स्टे कनेक्टेड'अफर, ३९ रुपैयाँमा अनलिमिटेड डाटा प्याक

बैंकिङ क्षेत्रमा फेरि अर्को बिग मर्जर, हिमालयन र इन्भेष्टमेन्टले गरे सम्झौता, यस्तो बन्नेछ नयाँ बैंक Read Next

बैंकिङ क्षेत्रमा फेरि अर्को बिग मर्जर, हिमालयन र इन्भेष्टमेन्टले गरे सम्झौता, यस्तो बन्नेछ नयाँ बैंक