काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको साढे ४ लाख कित्ता संस्थापक सेयर लिलामी विक्री आजदेखि खुला भएको छ ।
एनआइसी एशिया बैंकले आरएमडीसी लघुवित्तले आफ्नो स्वामित्वमा रहेको ४ लाख ५५ हजार ६९५ कित्ता संस्थापक सेयर लिलामी मार्फत बेच्न लागेको हो ।
लघुवित्तको सेयर यसअघि पनि लिलामीमा ल्याइएको भए पनि विक्री हुन नसकेपछि फेरि लिलामीमा ल्याइएको हो ।
यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य तोकी आवदेन दिनुपर्नेछ । लघुवित्तको लिलामी सेयरको न्यनूतम मूल्य प्रतिकित्ता ४१६ रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताको लागि वैशाख गतेसम्म आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले जेठ १३ गतेसम्म विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा आइपुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।