काठमाडौं । शिवम् सिमेन्टले खुद नाफामा २६.५२ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार चैत मसान्तसम्म १ अर्ब ९ करोड खुद मुनाफा कमाएको छ ।
यो गत वर्षको सोही अवधिको तुलनामा २३ करोड रुपैयाँ बढी हो । कम्पनीले गत आवको चैतसम्म ८६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
व्यापार बढ्दा, बैंक ब्याजदर र संचालन खर्च घट्दा कम्पनीको नाफा वृद्धि भएको हो । समीक्षा अवधिमा कम्पनीले उत्पादन विक्रीबापत ७.३५ अर्ब रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले उत्पादन विक्री मार्फत ७ अर्ब ८ करोड आम्दानी गरेको थियो ।

कम्पनीले विभिन्न कम्पनीहरुमा ३ अर्ब ८६ करोड रुपैयाँ लगानी गरेको छ । हाल ४ अर्ब ४४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोष ५ अर्ब ७ करोड रुपैयाँ छ । जसमा रिटेन अर्निड.मा ४ अर्ब १२ करोड र सेयर प्रिमियम कोषमा ९५ करोड रुपैयाँ छ ।
खुद नाफा बढेपछि कम्पनीको प्रतिसेयर आम्दानीमा सुधार आएको छ । गत वर्ष २६.११ रुपैयाँबाट बढेर ३३.०३ रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमासम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २१५.३८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४३.८१ प्रतिशत रहेको छ ।