चीनबाट ४०० थान अक्सिजन सिलिन्डर नेपाल ल्याइयो

काठमाडौं । चीनबाट ४०० थान अक्सिजन सिलिण्डर नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० जहाजले आज चीन सरकारले निशुल्क उपलब्ध गराएको ४०० थान अक्सिजन सिलिन्डर नेपाल ल्याएको हो ।

 

साथै, निगमको जहाजले १७३ अक्सिजन कन्सर्नट्रेटर, १० थान भेन्टिलेटरसहित करिब ३० टन स्वास्थ्य सामग्री नेपाल ल्याइएको छ । उक्त स्वास्थ्य सामग्री लिन निगमको जहाज सोमबार राति बेइजिङ गएको थियो ।

 

चीनसरकारले नेपाललाई दिएको २० हजार थान अक्सिजन सिलिण्डरमध्ये पहिलो चरणमा ४०० थान सिलिण्डर ल्याइएको हो । बाँकी सिलिण्डर १ महिनाभित्र जहाज र स्थलमार्ग हुँदै ल्याइने जनाइएको छ ।

शुक्रराज अस्पतालमा किट अभाव हुँदा पीसीआर टेष्ट बन्द Read Previous

शुक्रराज अस्पतालमा किट अभाव हुँदा पीसीआर टेष्ट बन्द

शिवम् सिमेन्टले कमायो १ अर्ब बढी नाफा, यस्तो छ वित्तीय अवस्था Read Next

शिवम् सिमेन्टले कमायो १ अर्ब बढी नाफा, यस्तो छ वित्तीय अवस्था