शुक्रराज अस्पतालमा किट अभाव हुँदा पीसीआर टेष्ट बन्द

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पीसीआर परीक्षण रोकिएको छ ।

 

अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले आजदेखि पीसीआर परीक्षण स्थगित गर्नु परेको बताए । उनले बाहिरबाट समयमा किट नआएपछि पीसीआर परीक्षण रोकिएको बताए ।

 

‘हामीले पहिले दैनिक २०० देखि ३०० परीक्षण गर्दै आइरहेका थियौँ,’ उनले भने, ‘अहिले दैनिक ५०० देखि ६०० सम्म परीक्षण हुन थाल्यौँ । त्यसैले किट सकियो ।’ उनका अनुसार आगामी आइतबारदेखि पुनः पीसीआर गरिनेछ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण जडान सम्पन्न, निषेधाज्ञा खुल्नसाथ परीक्षण उडान हुने Read Previous

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण जडान सम्पन्न, निषेधाज्ञा खुल्नसाथ परीक्षण उडान हुने

चीनबाट ४०० थान अक्सिजन सिलिन्डर नेपाल ल्याइयो Read Next

चीनबाट ४०० थान अक्सिजन सिलिन्डर नेपाल ल्याइयो