एलआईसी नेपालको खुद नाफा २०% ले बढ्यो

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्ममा १६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा २०.०४ %ले बढी हो । एलआईसीले अघिल्लो वर्षको वर्षको यही अवधिमा १३ करोड ४५ लाखरुपैयाँ खुद नाफा कमाएको थियो ।

 

एलआईसीले लगानी, कर्जा तथा अन्य आयबाट ३ अर्ब ९८ करोड ५३ लाख रुपैयाँ, पुर्नबीमा कमिशन वापत २ करोड ७८ लाख ५७ हजार र बीमालेख धितोमा ९ अर्ब ३५ करोड ४ लाख रुपैयाँ कर्जा लगानी गरेर ८८ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

 

एलआईसीले गत वर्ष १३ अर्ब ३४ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा यो २ अर्ब ९३ करोड ९८ लाख रुपैयाँले बढी हो ।गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १० अर्ब ४० करोड ७२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

 

इन्स्योरेन्सको बीमालेख संख्या ले गत वर्ष ७ लाख ९४ हजार ४५१ रहेको छ । यस अवधि सम्ममा इन्स्योरेन्सले १६ हजार ६५८ वटा दाबी वापत ३ अर्ब ३९ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १४ करोड ३३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

 

एलआइसीको जगेडा कोषमा ९३ करोड ७९ लाख रुपैयाँ रहेको छ । यस्तै जीवन बीमा कोषमा ५४ अर्ब १ करोड ३० लाख रुपैयाँरहेको छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १०.८१ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७८.५१ रुपैयाँ रहेको छ ।

खसी बिक्री गरेर ३ करोड आम्दानी Read Previous

खसी बिक्री गरेर ३ करोड आम्दानी

रोकिएन नेप्सेको ओरालो यात्रा, कारोबार रकम २२ करोडले घट्यो Read Next

रोकिएन नेप्सेको ओरालो यात्रा, कारोबार रकम २२ करोडले घट्यो