काठमाडौं । करिब साढे २ महिनादेखि निरन्नतर ओरालो लाग्दै आएको सेयर बजारमा आज पनि गिरावट आएको छ । बुधबार सेयर बजार सूचकसँगै कारोबार रकममा पनि ठूलो गिरावट आएको छ ।
सेयर बजार मापक सूचक नेप्से ५.१७ अंकले घटेर १२२५.९० अंकमा आइपुगेको छ । १६९ कम्पनीको २५ करोड ७२ लाख ८५ हजार १ रुपैयाँको सेयर कारोबार भएको छ ।
१० लाख ६९ लाख ६९० कित्ता सेयर खरिदबिक्री भएका छन् । हिजोको तुलनामा बुधबार कारोबार रकममा २२ करोडभन्दा बढीले गिरावट आएको छ । मंगलबार ४८ करोड १६ लाख रुपैयाँको कारोबार भएको थियो ।
नेप्सेमा कारोबार भएका १२ वटा समूहमध्ये माइक्रोफाइनान्स बाहेक बाँकी सबै समूहका सूचक ओरालो लागेका छन् ।आज सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक २२.०१ अंकले घटेको छ । वाणिज्य बैंक समूहको सूचक ६.४९ अंकले घटेको छ ।
कारोबार रकममा आधारमा नेपाल बैंकले अग्रता लिएको छ । यसको २ करोड १० लाख ६२ हजार ५४१ रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
आज सबैभन्दा धेरै विजय लघुवित्तको मूल्य ४.२६% ले बढेको छ भने वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको सबैभन्दा धेरै ५.३०%ले घटेको छ ।
