काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा र्यान्समवेअर साइबर हमला भएपछि आइतबार त्यहाँको सरकारले आपत्काल घोषणा गरेको छ। साइबर हमलाकारीहरूको समूहले शुक्रबार त्यस्तो हमला गरेपछि सेवा शुरु गराउने प्रयास जारी छ।
कोलोनियल पाइपलाइनले प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्ने गर्छ।इस्ट कोस्टको निम्ति डिजेल, ग्यासोलिन तथा जेट इन्धनको सम्पूर्ण आपूर्तिको यो ४५ प्रतिशत हो। शुक्रबार साइबर हमलाकारीहरूले यसलाई पूर्ण अवरुद्ध पारिदिएका थिए।
साइबर हमलालाई लिएर रुसमाथि अमेरिकी प्रतिबन्ध आपत्काल घोषणा गरिएपछि सडकमार्गबाट इन्धन ढुवानी गर्न सकिन्छ।विज्ञहरूका अनुसार सोमबार इन्धनको मूल्य २(३ प्रतिशतले बढ्न सक्छ। तर यदि प्रभाव लामो समय रह्यो भने मूल्यमा असर पनि धेरै पर्ने ठानिएको छ।
विभिन्न सूत्रहरूले उक्त र्यान्समवेअर हमला डार्कसाइड नामक साइबर आपराधिक समूहले गराएको पुष्टि गरेका छन्।सो समूहले बिहीबार कोलोनियलको नेटवर्कमा छिरेर करिब १०० जीबी डेटामा पकड जमाएका थिए।त्यसपछि तिनले ती डेटा केही कम्प्युटर तथा सर्भरमा राखेर शुक्रवार फिरौतीको माग गरेका थिए।
फिरौती वा र्यान्सम नतिरिए सबै डेटा इन्टरनेटमा सार्वजनिक गरिदिने तिनले धम्की दिएका छन्।कोलोनियल कम्पनीले उसले अधिकारीहरू, साइबर सुरक्षा विज्ञहरू तथा ऊर्जा मन्त्रालयसँग मिलेर सेवा पुनर्स्थापित गर्ने काम गरिरहेको बताएको छ। आइतबार साँझ भने उसले चार मुख्य लाइनहरू अफलाइन भए पनि साना लाइन सञ्चालन गरेको बताएको छ।
यो घटनाका कारण ठूलो परिमाणमा इन्धन टेक्ससको प्रशोधनस्थलमा अड्किएको छ । जोन्स एक्ट नामक कानुनमा गरिएको आपत्कालीन संशोधनले तेललाई ट्याङ्करहरूमार्फत् न्यूयोर्क पुर्याउने ढोका खोलिदिन्छ। तर पाइपलाइनको क्षमताको तुलनामा यसरी गरिने ढुवानी निकै कम हुने जनाइएको छ । बीबीसी