डिप्रोक्स लघुुवित्तले कमायो दुई वाणिज्य बैंककोभन्दा धेरै नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । डिप्रोक्स लघुुवित्त वित्तीय संस्थाको खुद मुनाफा झन्डै दोब्बरले बढेको छ । लघुवित्तले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ५१ करोड ८१ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

 

यो गत आवको सोही अवधिको तुलानामा ९६.०९ प्रतिशतले बढी हो । गत वर्ष तेस्रो त्रैमाससम्म लघुवित्तले २६ करोड ४२ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफामा उल्लेख्य वृद्धि हुँदा खुद मुनाफामा पनि वृद्धि भएको हो । लघुवित्तले चालू वर्षमा कमाएको खुद नाफा दुई वाणिज्य बैंककोभन्दा पनि धेरै हो । लघुवित्तले सेञ्चुरी र सिभिल बैंकलेभन्दा धेरै नाफा कमाएको हो । तेस्रो त्रैमासमा सिभिलले ५० करोड र सेञ्चुरीले ३५ करोड खुद नाफा कमाएका छन् ।

 

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४७.८० प्रतिशतले बढेर ९८ करोड ६८ लाख रुपैयाँ पुगेको छ । गतवर्ष सोही अवधिमा लघुवित्तले ६६ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।

 

यस्तै, लघुवित्तको सञ्चालन मुनाफा ९२.२१ प्रतिशतले बढेर ५० करोड ३६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले २६ करोड २० लाख सञ्चालन नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा लघुवित्तले ६ अर्ब ३१ करोड निक्षेप संकलन र ७ अर्ब ४७ करोड सापटी लिइ कुल १५ अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ । हाल १ अर्ब १५ करोड चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब १३ करोड संचित रहेको छ ।

 

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २४.७१ रुपैयाँले बढेर ५९.७५ रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा भने २.५८ प्रतिशतबाट घटेर ०.५३ प्रतिशतमा झरेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १९८.२१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३०.८९ प्रतिशत रहेको छ ।

देशका अधिकांश भाग ठप्प :  ६७ जिल्लामा निषेधाज्ञा, यी हुन् खुला रहेका १० जिल्ला Read Previous

देशका अधिकांश भाग ठप्प : ६७ जिल्लामा निषेधाज्ञा, यी हुन् खुला रहेका १० जिल्ला

अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला, तेलको मूल्य वृद्धि हुने Read Next

अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला, तेलको मूल्य वृद्धि हुने