अक्सिजन सिलिण्डर लिन निगमको जहाज चीन जाँदै, कति वटा ल्याउँछ ?

काठमाडौं । अक्सिजन सिलिण्डर ल्याउन नेपाल वायुसेवा निगमको जहाज आज चीन जाने भएको छ । चीन सरकारले निःशुल्क उपलब्ध गराएको सिलिण्डर लिन निगमको वाइड बडी ३३० जहाज आज बेइजिङ जाने भएको हो ।

 

निगमका अनुसार राति साढे ११ बजे नेपालबाट बेइजिङ प्रस्थान गर्ने र मंगलबार दिउँसो साढे २ बजे स्वदेश आइपुग्ने छ ।

 

नेपालमा कोरोना भाइरस संक्रमित बढेसँगै अक्सिजन र सिलिण्डर चरम अभाव भएको छ । नेपालको अवस्थालाई मध्येनजर गर्दै सहयोगार्थ चीन सरकारले २० हजार थान खाली सिलिण्डर दिने घोषणा गरेको थियो ।

 

सोमध्ये पहिलो चरणमा निगमको जहाज मार्फत ४०० सिलिण्डर ल्याइने भएको हो । सोही विमानबाट १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सर्नट्रेटर पनि ल्याउन लागिएको जनाइएको छ ।

 

२० हजारमध्ये २ हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने छ । नेपाल सरकारका अनुरोधमा चीन सरकारले निःशुल्क दिएको ती सिलिन्डर ल्याउन थालिएको हो ।

 

नेपालमा अहिले अक्सिजन सिलिन्डर ६ हजार २८८ रहेको र दैनिक एक हजार ४११.५ लिटर खपत भइरहेको जनाइएको छ ।

अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला, तेलको मूल्य वृद्धि हुने Read Previous

अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला, तेलको मूल्य वृद्धि हुने

चिया उत्पादन घट्दो, निकासीमा उस्तै लफडा Read Next

चिया उत्पादन घट्दो, निकासीमा उस्तै लफडा