नेपालबाट निर्यात हुने वस्तुको कच्चा पदार्थ समेत विदेशबाटै आयात, कसरी बढ्ला निर्यात

आजभोली नेपाली अर्थतन्त्रको विषयमा छलफल, बहस र अन्तरक्रिया हुँदा सबैभन्दा बढी चर्चा हुने क्षेत्र हो व्यापार । व्यापार मध्ये पनि व्यापार घाटा सबैको चासोको विषय बनेको छ ।

 

विदेशी मुद्राको सञ्चिति घट्दै जानु र निर्यातको तुलनामा आयात दिन प्रतिदिन अत्याधिक बढ्दै गएका कारण अर्थतन्त्रमा दीर्घकालिन समस्या देखा पर्ने आशंका सहित यसले मानिसहरुको ध्यान खिच्न थालेको हो ।

 

आयात–निर्यात १५ः१ को अनुपातमा छ । प्रत्येक वर्ष बढ्दो आयात र घट्दो निर्यातले नेपालको शोधानान्तर बचतको अवस्थालाई समेत नकरात्मक बनाउँदै लगिरहेको छ । अझ रोचक त के छ भने नेपालले निर्यात गर्ने वस्तुहरु भन्दा ती वस्तु बनाउने कच्चा पदार्थको आयात उच्च छ ।

 

नेपालबाट निर्यात हुने वस्तुहरुमा कतिपय वस्तुहरु बाहिर बाट नै कच्चा पदार्थ ल्याएर वस्तु उत्पादन गरी निर्यात गरिरहेको अवस्था छ । आफ्नै उत्पादन बाट निर्यात गर्ने वस्तुहरुमा भने धागो, चिया, अँलैची तथा पस्मिना लगायतका वस्तुहरु छन् ।

 

निकासी भएका वस्तुहरु मध्ये कम मूल्यका वस्तु मात्र धेरै रहेका छन् । बढी मूल्य आउने खाले मिशेनरी सामानहरुको निर्यात नहुँदा  निर्यातको अवस्था नाजुक देखिएको हो ।

 

सरकारी तथ्याङ्कलाई आधार मान्ने हो भने पनि आर्थिक वर्ष २०७५/७६ मा नै कच्चा पाम ओइल ११ अर्ब ८६ करोड १८ लाख ९३ हजार आयात भएको देखिन्छ ।

 

त्यसै गरी कच्चा सोयाविन तेल १३ अर्ब ४३ करोड १० लाख ५ हजारको आयात गरेको देखिन्छ । भने आइरन तथा स्टिल र त्यसका कच्चा पदार्थहरु १ खर्ब ६५ अर्ब ५ करोड ७६ लाख ४३ हजार बराबरको आयात गरेको छ ।

 

यस्ता तथ्याङ्कबाट सहजै अनुमान लगाउन सकिन्छ की नेपालबाट निर्यात हुने वस्तुहरुको कच्चा पदार्थहरु भने बाहिरी देशबाट नै आयात गरिन्छ ।

 

नेपाल सरकारले आफ्नै कच्चा पदार्थबाटै उत्पादन गर्ने उद्योगको विकासका लागि जोड दिनु पर्छ । राज्यको महत्वपूर्ण निकायका अधिकारीहरु पनि यो गम्भिर तथ्य बारे जानकार नभएका होइनन् । तर, पनि दीर्घकालिन सोच सहितको ठोस कार्ययोजना प्रस्तुत हुन सकेको छैन ।

 

भारत र चीन जस्तो आर्थिक शक्तिको बीचमा बसेर जटिल प्रविधिक सामानहरु नेपालले बनाएर निर्यात गर्न सक्छ कि सक्दैन भन्ने प्रश्नलाई पनि नजरअन्दाज गर्न सकिदैंन ।

 

तुलनात्मक फाइदाको उत्पादनहरु, आफ्नै कच्चा पदार्थबाट उत्पादन हुनसक्ने वस्तुहरु, कम लागतमा उत्पादन हुने वस्तुहरुको खोजि अपरिहार्य भइसकेको छ ।

 

नेपाल सरकारको व्यापार तथा निकासी प्रवद्र्धन केन्दमा नेपालबाट निकासी हुने वस्तुहरुमा पस्मिना, गर्लैचा, तयारी पोशाक, छालाजन्य वस्तुहरु, अँलैची, टेक्साइल, पोलिस्टर यार्न, खोटो, गरगहना तथा जुत्ताचप्पल इत्यादी रहेको छ ।

 

नेपाल सरकारले पनि निकासीजन्य उद्योगहरुलाई विभिन्न समयमा नीति तथा कार्यक्रम नै बनाएर अनुदान तथा सहुलियत जस्ता योजना ल्याइरहेको पनि हुन्छ ।

 

आर्थिक वर्ष २०७४/७५ तुलनामा आव २०७५/७६ मा नेपालबाट निर्यात केहि हदसम्म बढेको देखिन्छ । आव २०७४/७५ मा ८१ अर्ब ३२ करोड ५३ लाख ७८ हजार रुपैयाँको निकासी भएकोमा आव २०७५/७६ मा ९७ अर्ब १० करोड ८८ लाख ३१ हजार रुपैयाँको वस्तु निकासी भएको छ ।

 

तर, आयातको पहाडको अघि यती निर्यातको हैसियत सानो ढिस्को जस्तो पनि छैन । निकासी भएका वस्तुहरु मध्ये कम मूल्यका वस्तु मात्र धेरै रहेका छन् । बढी मूल्य आउने खाले मिशेनरी सामानहरुको निर्यात नहुँदा  निर्यातको अवस्था नाजुक देखिएको हो ।

 

नेपालले कम मूल्यको वस्तु निर्यात गर्नु नै प्रमुख समस्या रहेको छ । नेपालबाट अँलैची, अदुवा, चिया, कफि जस्ता कृषि उत्पादनहरु निर्यात हुन्छन् । ती उत्पादनको गुणस्तर वृद्धि गरी उत्पादकत्व बढाएर अन्तर्राष्ट्रिय स्तरमै ब्राण्डिङ गरेर निर्यात गर्न सके मात्र यसले निर्यातको मूल्य र आकार बढाउँछ ।

 

तर, भारत र चीन जस्तो आर्थिक शक्तिको बीचमा बसेर जटिल प्रविधिक सामानहरु नेपालले बनाएर निर्यात गर्न सक्छ कि सक्दैन भन्ने प्रश्नलाई पनि नजरअन्दाज गर्न सकिदैंन ।

 

नेपाल सरकारले निर्यात जन्य उत्पादनको सूचिकृत र त्यसको प्रवद्र्धन पनि गरेको देखिन्छ । तर पनि नजिता निराशाजनक छ ।

 

हामीले निर्यात गरेका वस्तु पनि कच्चा पदार्थ आयात गरेर त्यसलाई तयारी वस्तु वनाएर पठाएका मात्र हाैँ । सरकारले तयार पारेको निर्यातजन्य वस्तुहरुको उत्पादकत्व बढाउन सम्बन्धित निकाय पनि कस्सिएर लाग्नु पर्ने देखिन्छ ।

 

अबको बाटो

 

नेपालले कम मूल्यको वस्तु निर्यात गर्नु नै प्रमुख समस्या रहेको छ । नेपालबाट अँलैची, अदुवा, चिया, कफि जस्ता कृषि उत्पादनहरु निर्यात हुन्छन् । ती उत्पादनको गुणस्तर वृद्धि गरी उत्पादकत्व बढाएर अन्तर्राष्ट्रिय स्तरमै ब्राण्डिङ गरेर निर्यात गर्न सके मात्र यसले निर्यातको मूल्य र आकार बढाउँछ ।

 

आयातित कच्चा पदार्थमा आधारित भएर उत्पादन गरी फेरि निर्यात गर्ने उद्योगको विकास गर्नु भन्दा पनि यहि त्यस्ता कच्चा पदार्थको खोजी गरी निजी, सरकारी तथा वैदेशिक लगानीमा निर्यात उद्योगको विकास गर्नु पर्छ ।

 

अर्काे तर्फ निर्यातजन्य उद्योगहरुलाई दिइदैं आएको सहुलियतलाई कायम राखी थप कर छुट, बिजुलीको प्रतियुनिट प्रयोगमा अनुदान र उद्योग सम्म सडक पँहुच जस्ता व्यवस्था राज्यले गरिदिएमा पनि नेपालबाट निर्यातजन्य उद्योगको विकास हुन सक्छ ।

 

कतिपय उद्योगहरुमा सरकारले दिएको अनुदान लिनलाई पनि विदेशबाट त्यस्ता वस्तु आयात गर्ने अनि नेपाली भनि निर्यात गर्ने गलत संस्कार पनि विकास भएको पाइन्छ । यस्ता छिद्रहरु पनि चिर्नुपर्छ ।

 

सरकारले आफ्ना नीतिमा स्वदेशी कच्चा पदार्थबाट उत्पादन र निर्यात गर्ने, रोजगारी सृजना गर्ने उद्योगहरुलाई विशेष सहुलियत दिनु पर्छ । र अन्तर्राष्ट्रिय बजारमा आफ्नो मुलुकको उत्पादनको बजारिकरणमा राष्ट्रिय स्तरबाटै पहल हुनुपर्छ ।

सनराइजको खुद नाफा १ अर्ब ७० करोड, एनसीसीको १३%ले बढ्यो Read Previous

सनराइजको खुद नाफा १ अर्ब ७० करोड, एनसीसीको १३%ले बढ्यो

खसी बिक्री गरेर ३ करोड आम्दानी Read Next

खसी बिक्री गरेर ३ करोड आम्दानी