पहिलो चरणमा चीनबाट ४०० खाली सिलिन्डर ल्याइँदै

काठमाडौं । सरकारले चीनबाट पहिलो चरणमा ४०० खाली अक्सिजनका सिलिन्डर ल्याउने भएको छ ।

 

उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा शुकबार बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा ४०० खाली सिलिन्डर ल्याउने निर्णय गरेको हो ।

 

सिलिन्डर ल्याउनका लागि यही वैशाख २७ गते नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको हो । बीस हजारमध्ये दुई हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने छ ।

 

नेपाल सरकारका अनुरोधमा चीन सरकारले निःशुल्क ती सिलिन्डर ल्याउन थालेको हो । नेपालमा अहिले अक्सिजन सिलिन्डर ६ हजार २८८ रहेको र दैनिक एक हजार ४११.५ लिटर खपत भइरहेको जनाइएको छ ।

न्यूयोर्कलाई उछिन्दै बेइजिङ बन्यो विश्वको सबैभन्दा धेरै अर्बपति भएको शहर Read Previous

न्यूयोर्कलाई उछिन्दै बेइजिङ बन्यो विश्वको सबैभन्दा धेरै अर्बपति भएको शहर

विश्व रणनीतिक महत्वको बहुमूल्य धातु ‘युरेनियम’ बेचेर नेपाल धनी बन्न सक्छ ? Read Next

विश्व रणनीतिक महत्वको बहुमूल्य धातु ‘युरेनियम’ बेचेर नेपाल धनी बन्न सक्छ ?