मेगा बैंकको खुद नाफा ३०% ले बढ्दा पनि प्रतिसेयर आम्दानी किन घट्यो

काठमाडौं । पछिल्लो समय सबै क्षेत्रमा प्रगति गर्दै गएको मेगा बैंकले खुद नाफा ३०.५०% ले बढाउन सफल भएको छ ।

 

मेगाले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार १ अर्ब ७१ करोड ९२ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

 

यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ४० करोडले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३१ करोड ७३ लाख खुद नाफा कमाएको थियो ।

 

असार मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा १ अर्ब ३५ करोड ८० लाख ७६ हजार रुपैयाँ रहेको छ । यसबाट सेयरधनीलाई १३% लाभांश वितरण गर्न सक्ने क्षमता कायाम राख्दछ ।

 

बैंकको खुद ब्याज आम्दानी ५९.९१% ले बढेर ३ अर्ब ७९ करोड ५६ लाख ७६ हजार रुपैयाँ पुगेको छ । साथै, सञ्चालन नाफा ४४.०९% ले बढेर २ अर्ब ४६ करोड ७१ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।

 

नाफा बढे पनि मेगाको प्रतिसेयर आम्दानी भने १.४६ रुपैयाँले घटेर १६.५५ रुपैयाँमा आएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३०.९३ रुपैयाँ रहेको छ ।

विदेशी लगानीको स्ट्याण्डर्ड चार्टर्डको सामान्य प्रगति, खुद नाफा १४% ले बढ्यो Read Previous

विदेशी लगानीको स्ट्याण्डर्ड चार्टर्डको सामान्य प्रगति, खुद नाफा १४% ले बढ्यो

सनराइजको खुद नाफा १ अर्ब ७० करोड, एनसीसीको १३%ले बढ्यो Read Next

सनराइजको खुद नाफा १ अर्ब ७० करोड, एनसीसीको १३%ले बढ्यो