भद्रपुर-काठमाडौं हवाई भाडा अहिलेसम्मकै सस्तो, कुन एयरलाइन्सको कति ?

काठमाडौं । झापाको भद्रपुरबाट काठमाडौँसम्मको हवाई उडानको भाडादर सस्तो भएको छ । भद्रपुर–काठमाडौँ उडानको प्रतियात्रु न्यूनतम् भाडा बुद्ध एयरले १ हजार ५००, यति एयरले १ हजार ३९५, सौर्य एयरले १ हजार ४०० र श्री एयरले १ हजार ४०० तोकेको छ ।

 

कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण उच्च विन्दुमा पुगिरहेको बेला भद्रपुरबाट राजधानी जाने यात्रु घटेका कारण भाडादर अहिलेसम्मकै कम भएको हो । सामान्यतया भद्रपुर–काठमाडौँको भाडादर न्यूनतम् रु ३ हजार रहने गरेको छ ।

 

काठमाडौँबाट भद्रपुर आउँदाको हवाई भाडादर भने बढेर ४ हजारदेखि ९ हजार २५० सम्म पुगेको छ । भद्रपुरको चन्द्रगढी विमानस्थल २०२८ सालमा स्थापना भएको हो । तर २०३० सालमा आन्तरिक कारणबाट विमानस्थल बन्द भयो । त्यसपछि एकैचोटि २०४८ साल चैत १८ गते मात्र विमानस्थल खुलेको थियो ।

 

२०४८ सालमा विमानस्थल खुलेको पहिलो दिन शाही नेपाल वायु सेवा निगमको जहाजको टिकट मूल्य १ हजार ७८० रुपैयाँ थियो ।

 

कोभिड–१९ को महामारी र निषेधाज्ञाको अवस्थाका कारण यात्रु घटेको जनाउँदै एयरलायन्सहरुले हवाई उडानसमेत कटौती गर्न थालेका छन् । शुक्रबारदेखि भद्रपुर–काठमाडौँ रुटमा बुद्ध एयरले दैनिक पाँच उडानमध्ये दुई उडान कटौती गरिसकेको छ । यति एयरले तीन उडानमध्ये एउटा कटौती गरेको छ । श्रीएयरका दुई र सौर्य एयरको दैनिक एक उडान कायमै छ ।

 

यसअघि हरेक दशैँ–तिहारका बेला काठमाडौँबाट आउने यात्रु अत्यधिक हुने तर जाने यात्रु घट्ने भएका कारण हवाई सेवा प्रदायक कम्पनीहरुले भद्रपुर–काठमाडौँको भाडादर घटाएर १ हजार ६०० सम्म पुर्याउने गरेका थिए ।

बजारमा अभाव हुन नदिन आफूसँग भएको चिनी 'स्टक' राख्दै साल्ट ट्रेडिङ Read Previous

बजारमा अभाव हुन नदिन आफूसँग भएको चिनी 'स्टक' राख्दै साल्ट ट्रेडिङ

क्लासिकटेकको 'तूफान' अफर : १२५० रुपैयाँमा ५० एमबीपीएस इन्टरनेट र आइपीटीभी Read Next

क्लासिकटेकको 'तूफान' अफर : १२५० रुपैयाँमा ५० एमबीपीएस इन्टरनेट र आइपीटीभी