बजारमा अभाव हुन नदिन आफूसँग भएको चिनी ‘स्टक’ राख्दै साल्ट ट्रेडिङ

काठमाडौँ । बजारमा चिनीको अभाव हुन नदिन साल्ट ट्रेडिङले आफूसँग भएको चिनी एकैचोटी बजारमा नपठाउने भएको छ । अहिले भएको चिनी बजारमा पठाएमा व्यापारीले आगामी दिनमा कृत्रिम अभाव समेत गराई मूल्यवृद्धि गर्नसक्ने भएकाले ट्रेडिङले चिनी बजारमा नपठाई स्टक राख्ने भएको हो ।

 

साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले बजारमा चिनी अभाव नहोस भनेर रिटेल तथा डिलरलाई चिनी विक्री नगरेको बताए । उनले साल्ट ट्रडिङसँग चिनी नहुँदा बजारमा चिनीको मूलय बढ्न सक्ने भएकाले स्टक राखिएको बताए ।

 

‘हामीले चिनी सबै डिलरलाई पठायौँ भने बजारमा अभाव सृजना हुन्छ जसको फाइदा उठाएर व्यवसायले चिनीको मूल्य बढाउन सक्छन्,’ राजभण्डारीले चाणक्य पोष्टसँग भने ‘अहिले हामीले केही चिनी स्टक राखेका छौँ डिलरलाई बेचेका छैनौँ ।’

 

उपभोक्ताको माग अनुसार ३० हजार टन चिनी आवस्यक पर्छ । हाल साल्ट ट्रेडिङसँग ८०० टनका हाराहारीमा चिनी स्टक रहेको छ ।

 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुगमन अधिकारी सागर मिश्राका अनुसार आपूर्ति अभाव नहोस भनेर अनुगमन भइरहेको छ । उनले निषेधाज्ञका कारण चिनी खपत कम भएका कारण मूल्य वृद्धि नहुने उनले बताए ।

 

‘आपूर्ति कम भयो भने मूल्य बढ्ने हो त्यसैले आयातमा अनुगमन गरिरहेका छौँ, तर, मूल्य बढ्ने हुँदैन, होटल, रेष्टुरेन्ट सबै बन्द भएकाले खपत पनि कम छ, बरु मूल्य घट्छ, बढ्दैन,’ मिश्राले चाणक्य पोष्टसँग भने ।

 

नेपालमा वार्षिक २ लाख ६० हजार मेट्रिक टन चिनी खपत हुँदै आएको छ । यसरी दैनिक करिब ७१५ किलो चिनी खपत हुन्छ । चिनी उत्पादक संघको तथ्यांक अनुसार नेपालमा ४ जनाको परिवारले एक वर्षमा १० किलोसम्म चिनी खपत गर्छन् ।

काठमाडौंका ५ स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा पाइने, सिधै यी नम्बरमा सम्पर्क गर्नुहोस् Read Previous

काठमाडौंका ५ स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा पाइने, सिधै यी नम्बरमा सम्पर्क गर्नुहोस्

भद्रपुर-काठमाडौं हवाई भाडा अहिलेसम्मकै सस्तो, कुन एयरलाइन्सको कति ? Read Next

भद्रपुर-काठमाडौं हवाई भाडा अहिलेसम्मकै सस्तो, कुन एयरलाइन्सको कति ?