क्लासिकटेकको ‘तूफान’ अफर : १२५० रुपैयाँमा ५० एमबीपीएस इन्टरनेट र आइपीटीभी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संस्था क्लासिकटेकले आफ्नो ‘तूफान’ अफर सार्वजनिक गरेको छ। कोभिडका कारण नेपाल सरकारले जारी गरेको निषेधाज्ञा तथा लकडाउनमा सेवाग्राही को आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले ‘तूफान’ अफर सार्वजनिक गरेको हो।

 

घरमा बसेर गरिने अनलाइन जब र अनलाइन क्लासलाई ध्यानमा राखी ‘तूफान’ अफर सार्वजनिक गरेको हो।उक्त अफरमा सेवाग्राहीले ५० एमबीपीएसदेखि १०० एमबीपीएस सम्मको हाइ स्पीड इन्टरनेट र फ्री आइपीटीभी पनि पाउनेछन्। उक्त तूफान अफरमा ५० एमबीपीएस अन्तर्गत प्रतिमहिना १ हजार २५० को दरमा १ वर्षको लागि १५ हजार रुपैयाँ (भ्याट बाहेक) जसमा २ आइपीटीभी निःशुल्क हेर्न पाइनेछ ।

 

यस्तै, ८० एमबीपीएस अन्तर्गत ३ आइपीटीभीसम्म प्रतिमहिना १ हजार ४०० का दरले १६ हजार ८०० र १०० एमबीपीएस अन्तर्गत ३ आइपीटीभीसम्म प्रति महिना १ हजार ८०० रुपैयाँको दरले २१ हजार ६०० रुपैयाँमा जडान गर्न सक्नेछन् ।

 

क्लासिकटेकको इन्टरनेटसंग आइपीटीभीको ५० भन्दाबढी एचडी च्यानलहरु र १०० एसडी च्यानलहरु निःशुल्क हेर्न पाउनेछन् । साथै सबै पुरानो तथा नयाँ टीभी मा पनि युट्यूभ हेर्न पाउनेछन् ।

 

यति मात्र नभइ कम्पनीले आफ्नो पुरानो ग्राहकहरुको लागि रिचार्ज अन्तर्गत तूफान रिचार्ज अफर प्याकेज पनि सार्वजनिक गरेको छ। जस अन्तर्गत पुरानो ग्राहकहरु ले कुनै पनि प्याकेज तूफान ५० एमबीपीएस, तूफान ८० एमबीपीएस र तूफान १०० एमबीपीएस मा रिचार्ज गर्न पाउनु हुनेछ।

 

३० प्रतिशतसम्म क्यास डिस्काउन्ट प्राप्त गरी १० हजार ४५८ बाचाउने छ भने २ महिना बोनस पनि प्राप्त हुनेछ। । साथै अन्य प्याकेज अफरहरु का लागि कम्पनीको सम्पर्क नम्बर ९८०१००४४७७ मा सम्पर्क गर्न सक्ने बताएको छ।

भद्रपुर-काठमाडौं हवाई भाडा अहिलेसम्मकै सस्तो, कुन एयरलाइन्सको कति ? Read Previous

भद्रपुर-काठमाडौं हवाई भाडा अहिलेसम्मकै सस्तो, कुन एयरलाइन्सको कति ?

साढे ८२ करोडको आइपीओ ल्याउन लागेको सुपरदोर्दी ‘ख’ को ८५ प्रतिशत काम सम्पन्न Read Next

साढे ८२ करोडको आइपीओ ल्याउन लागेको सुपरदोर्दी ‘ख’ को ८५ प्रतिशत काम सम्पन्न