एयरपोर्ट जान गाडी चाहियो, यी नम्बरमा फोन गर्नुहोस् घरमै आउँछ ट्याक्सी

काठमाडौं । निषेधाज्ञाका बेला हवाई यात्रुले विमानस्थल जानका लागि घरमै प्रिपेड (विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटवाला) ट्याक्सी बोलाउन पाउने भएका छन् ।

 

त्रिभुवन विमानस्थल कार्यालयले आज सूचना जारी गर्दै आन्तरिक तथा विदेशी हवाई यात्रुले विमानस्थलसम्म जान घरमै ट्याक्सी बोलाउन सक्ने जानकारी गराएको हो ।

 

विमानस्थल कार्यालयका अनुसार हवाई यात्रुले वैधानिक हवाई टिकट/पासपोर्ट/भिसा देखाएका आधारमा विमानस्थलमा आवतजावत गर्न सक्ने भएका छन् ।

 

विमानस्थल आवतजावत गर्नका लागि यात्रुले प्रिपेड ट्याक्सीलाई फोन गरेपछि ट्याक्सी सम्बन्धित स्थानमा पुग्ने छन् । त्यसका लागि विमानस्थल कार्यालयले फोन नम्बर समेत सार्वजनिक गरेको छ ।

 

आन्तरिक यात्रुका लागि ९८०३०५३३५१, ९८०३१४६१२२, ९८६००१५५१३ र अन्तर्राष्टिय उडानका यात्रुले ९८४१०७०६२३ र ९८४१२८१२७० मा फोन गरेर ट्याक्सी बोलाउन तथा थप जानकारी लिन सक्ने विमानस्थलले जनाएको छ ।

सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी ३ कम्पनीका लगानीकर्ता मालामाल Read Previous

सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी ३ कम्पनीका लगानीकर्ता मालामाल

फास्ट ट्रयाकको ठेक्का रोक्न सेनालाई दोस्रो पटक निर्देशन Read Next

फास्ट ट्रयाकको ठेक्का रोक्न सेनालाई दोस्रो पटक निर्देशन