सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी ३ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । बुधबार करिब १४ अंकले घटेको बजारमा साताको अन्तिम कारोबार दिन बिहीबाार दोहोरो अंकले कमब्याक गरेको हो ।

 

यससाता सेयर बजारमा तीव्र उत्तरचढाव देखिएको छ । साताका शुरुका दुई दिनमै १४० अंकले घटेको बजार मंगलबार एकैदिन ९२ अंकले बढेको थियो । हिजो दोहोरो अंकले घटेको बजार आज दोहोरै अंकले फर्किएको हो । समग्रमा यससाता बजार करिब ३६ अंकले घटेको छ ।

 

सूचकमा सुधार आए पनि कारोबार रकम भने उत्साहजनक हुन सकेको छैन । आज पनि करिब सवा ४ अर्बको मात्रै कारोबार भएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से २५.८२ अंकले बढेर २६११.१० विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१७ कम्पनीको ४ अर्ब ३५ करोड ७० लाख १९ हजार २४९ रुपैयाँ बराबरको ९८ लाख १८ हजार ९६ कित्ता सेयर किनबेच भएका छन् ।

 

बिहीबार कारोबारमा आएका १३ वटा समूहमध्ये होटल र लगानी बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै १४२.८८ अंकले बढेको छ भने होटल तथा पर्यटन समूहको परिसूचक सबैभन्दा धेरै २७.७७ अंकले घटेको छ भने ।

 

आज एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ३० करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा शिवम् सिमेन्ट १८ करोड र हिमालयन पावर कम्पनी १६ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले बढेको बजारम पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । महिला लघुवित्त, सिंगटी हाइडो इनर्जी र विशाल बजार कम्पनीका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

 

बढ्दो बजारमा आज श्री इन्भेष्टमेन्ट कम्पनीका सेयरधनीले सबैभन्दा धेरै २.८१ प्रतिशत गुमाएका छन् ।

महामारीका बीच आइफोनको व्यापार बढ्दो, ३ महिनामा ८९ अर्ब डलरको कारोबार Read Previous

महामारीका बीच आइफोनको व्यापार बढ्दो, ३ महिनामा ८९ अर्ब डलरको कारोबार

एयरपोर्ट जान गाडी चाहियो, यी नम्बरमा फोन गर्नुहोस् घरमै आउँछ ट्याक्सी Read Next

एयरपोर्ट जान गाडी चाहियो, यी नम्बरमा फोन गर्नुहोस् घरमै आउँछ ट्याक्सी