काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेटले ग्राहकहरुलाई सजिलै सेवा प्रदान गर्नको लागि भायानेटले भाइबर च्याटबट ल्याएको छ ।
भायानेटका ग्राहकहरुले अब आफ्नो माबोइलमा सजिलै भाइबरबाट भायानेट च्याटबुटसँग च्याट गरेर भायानेट सम्बन्धी आफूलाई लागेको जिज्ञाषा र समस्याको तुरुन्त जवाफ वा समाधान पाउन सक्नेछन् ।
भायानेटको कुनै पनि सेवाको बिल सम्बन्धी जिज्ञाषा र सेवामा समस्याको समाधान वा इन्टरनेट सम्बन्धी प्रश्नहरुको उत्तर आफ्नो मोबाइलबाटै भाइबर च्याटबट मार्फत् तुरुन्तै पाउन सक्ने कम्पनीले जनाएको छ ।