महिला लघुवित्तको सेयरमा डेढ महिनादेखि लगातार पोजेटिभ सर्किट, प्रतिकित्ता कति पुग्यो भाउ ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य डेढ महिना (३० कारोबार दिन)मै ७ गुणा बढीले बढेको छ ।

 

गत चैत ३ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको लघुवित्तको सेयर मूल्य ३० कारोबार दिनमा लगातार पोजेटिभ सर्किट लागेर ७ गुणा भएको छ । ४३८ रुपैयाँमा पहिलो कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य सात गुणाले बढेर आज प्रतिकित्ता ३१२५ रुपैयाँ पुगेको छ ।

 

कारोबारमा आएको ६ हप्ता बितिसके पनि अझै कम्पनीको सेयरको सप्लाई भने आउन सकोके छैन । हरेक दिन खरिदकर्ताको उच्च चाप रहे पनि विक्रीकर्ता अत्यन्त न्यून रहेको छन् ।

 

डेढ महिनाको अवधिमा कम्पनीको जम्मा करिब ६ हजार कित्ता मात्र कारोबार भएको छ भने सो अवधिमा जम्मा ४ दिन मात्र १ हजार बढी कित्ता कारोबार भएको छ ।

 

लघुवित्तले माघ २८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो । जसमा गोलाप्रथाबाट भाग्यमानी ३७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका थिए भने १४ लाख ९९ हजार १८२ जनाको हात खाली भएको थियो ।

 

नेप्सेमा लघुवित्तको सर्वसाधरण तर्फको जम्मा ४ लाख कित्ता सेयर सूचीकृत छ । सर्वसाधरणको सेयर संख्या कम भएको र वित्तीय अवस्था पनि बलियो रहेकाले लघुवित्तको सेयरमा आकर्षण देखिएको हो । आइपीओ निष्काशन पछि लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुगेको छ ।

भायानेटको सेवामा समस्या आए भाइबर च्याटबाटै जानकारी गराउन सकिने Read Previous

भायानेटको सेवामा समस्या आए भाइबर च्याटबाटै जानकारी गराउन सकिने

उपत्यकामा बैंकका सबै शाखा खुला रहने Read Next

उपत्यकामा बैंकका सबै शाखा खुला रहने