काठमाडौं । नेपालमा विश्वस्तरीय शहरी बसोबास गराउन ‘अर्बन स्पेस’ सञ्चालनमा आएको छ । अर्बन स्पेसले युरोपियन स्ट्यान्डर्ड अटोमेशन टाउन हाउजिङलाई पहिलो पटक नेपाल भित्र्याउँदैछ ।
अर्बन स्पेसको ललितपुरको सातदोबाटोमा मिस नेपाल–२०१८ श्रृंखला खतिवडा र अर्बन स्पेसका संस्थापक बिपिन गैरेले उद्घाटन गरे ।
‘हामी नेपालमा हाउजिङको नयाँ अवधारणा प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी छौं । यो एक रिभोलुसनरी आइडिया हो जुन आर्किटेक्चर र इनोभेसनमा केन्द्रित रहेको छ’ अर्बन स्पेसका संस्थापक गैरेले भने, ‘यो परियोजना नेपालमा एक नौलो सुरुवात हो । अहिले हामीले यो प्रोजेक्ट काठमाडौं उपत्यकाबाट शुरु गर्दै छौं । र, विस्तारै नेपालभरि विस्तार गर्ने योजना बनाएका छौं ।’
आर्कीटेक्ट इन्जिनीयर तथा मिस नेपाल खतिवडाले अर्बन स्पेस भनेको साना–साना घरहरुको जग्गालाई जोडेर ब्याकयार्डलाई हटाएर एक साझा खुल्ला स्थान बनाउनु भएको बताइन् ।
‘यो हाउजिङको नयाँ इनोभेटिभ र डेमोक्रेटिक कन्सेप्ट हो । मानिसहरु पर्खालले बाँधिएका छन् र आफ्नो ठाउँभित्र मात्र सीमित छन् तर अर्बन स्पेसमा एक व्यक्तिले आफ्नो सानो थोरै जग्गाको बाँडफाँड गरेर व्यापक साम्प्रदायिक ठाउँको आनन्द लिन सक्दछन्’ उनी भन्छिन् ।
अर्बन स्पेसका चिफ ब्रान्डिङ अफिसर शिव कँडेलले भने, ‘अर्बन स्पेसले विशेष गरी सहरका क्षेत्रहरुमा बाउन्ड्री लेस सोसाइटीको कल्पना गर्दछ र यसैले गर्दा यो शहरी योजनाकारहरुका लागि मात्र नभई दिगो विकास लक्ष्यहरुमा गहन विश्वास गर्ने बृहत्तर दर्शकहरुको लागि पनि विश्वव्यापी अभियान हो, जसले दिगो शहर र समुदायहरुको परिकल्पना गर्दछ ।’
‘अर्बन स्पेस’ भनेको कसरी शहरहरुको इलाकामा विशेष भरोसायोग्य छिमेकीलाई अटोमेसन टेक्नोलोजीले टेवा पुर्याउन सकिन्छ भन्ने प्रोटोटाइपको परियोजना भएको कँडेलको भनाइ छ ।
अर्बन स्पेस बंगला र हाउजिङको एउटा मिश्रित हाउस हो जसमा प्रत्येक घरको लागि छुट्टै प्रवेश गर्न एन्ट्री बनाइएको हुन्छ । यस परियोजनाको अभिप्राय भनेको गेटेड समुदायलाई डिस्ट्रोइ गरी सोसियल कम्युनिटीको निर्माण र फोस्टर गर्नु रहेको गैरेले बताए ।
उनले भने, ‘अर्बन स्पेसको उदेश्य भनेको सुखद शहरी जीवनको अनुभव प्रदान गर्नु हो र यो ललितपुरको मुटु (रिंग रोड देखि २०० मिटर बाहिर)मा अवस्थित छ । यस परियोजनामा १२ विशिष्ट घर रहेका छन् जसले एक अर्काबीच सदभाव कायम राखी जीवनशैली र वातावरणमा विविधता प्रदान गर्छन् ।’
यो मास्टर प्लान सेफ्टी, कन्भेनियन्स, कम्फर्ट र युनिक डिजाइनमा केन्द्रित रहेको छ जहाँ मानिसले विविध सामाजिक जीवनको अनुभव गर्न सक्नेछन् । डिजाइन गरिएका युनिक फिचरहरुले मानिसलार्ई विभिन्न सुविधाहरु प्रदान गर्ने छ ।
अर्बन स्पेसको विशेष फाइदाहरुमा भूकम्प प्रतिरोधी, २४ घण्टा वाटर सप्लाई, स्मार्ट ग्यास पाइपलाइन, फायर फाइटिङ प्रणाली, स्मार्ट सर्भेलेन्स, फुल्ली इन्सुलेटेड वाल, साउन्ड इन्सुलेशन, मोड्युलर किचन, सेन्ट्रल हिटिङजस्ता सुविधाहरु समावेश गरिएका छन् ।
अर्बन स्पेसको टिममा प्रोफेसनल्सहरु रहेका छन् जसमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियर, आर्किटेक्चर इन्जिनियर, किङ्स कलेजबाट स्नातकको रुपमा एमबीए ग्राजुएटहरु रहेका छन् ।
टोली सदस्यहरुको वास्तुकलाको क्षेत्रमा एक उल्लेखनीय अनुभव रहेको छ । उनीहरुको विश्वसनीय उपलब्धिहरुमा २५० भन्दा बढी घरहरुको निर्माण, ५ हजार डिजाइन र सम्पत्ति व्यवस्थापनमा १० हजारभन्दा बढी व्यक्तिहरुसँगको परामर्श रहेको छ ।
नेपालको टाउन हाउजिङको अवधारणा सफलतापूर्वक सुरु गर्न अर्बन स्पेसको टोलीले ५० भन्दा बढी देशका १०० जनाभन्दा बढी पेशेवरहरुसँग परामर्श गरेको थियो ।