हालसम्मकै ठूलो आइपीओ ल्याएको निफ्राले कमायो ५८ करोड, यस्ता छन् मुख्य वित्तीय सूचक

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले खुद मुनाफामा झिनो सुधार गरेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा १.२४ प्रतिशतले वृद्धि भएको छ ।

 

विवरण अनुसार बैंकले चालू आवको चैत मसान्तसम्म कुल ५८ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो गत आवको सोही अवधिको तुलनामा ७२ लाख रुपैयाँ बढी हो । गत आवको तेस्रो त्रैमासमा बैंकले ५८ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने ०.८१ प्रतिशतले बढेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म ९२ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालू वर्षको सोही अवधिमा यस्तो आम्दानी बढेर ९३ करोड ५२ लाख रुपैयाँ पुगेको छ । यस्तै, बैंकको संचालन नाफा ०.६१ प्रतिशतले बढेर ८३ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

 

हाल २० अर्ब चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ । तेस्रो त्रैमाससम्म बैंकको वितरण योग्य मुनाफा ४६ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

 

समीक्षा अवधिसम्म बैंकले ३० करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर ५.०२ रुपैयाँ, खराब कर्जा शून्य प्रतिशत, प्रतिसेयर नेटवर्थ ११०.७७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११६.६ प्रतिशत र सीसीडी रेसियो ९.३७ प्रतिशत रहेको छ ।

उपत्यकामा निषेधाज्ञा लागू, के गर्न पाइन्छ ? के गर्न पाइँदैन ? Read Previous

उपत्यकामा निषेधाज्ञा लागू, के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

नेपालमा पहिलोपटक अर्बन स्पेसले युरेपियन स्ट्यान्डर्ड अटोमेशन टाउन हाउजिङ्ग भित्र्याउँदै Read Next

नेपालमा पहिलोपटक अर्बन स्पेसले युरेपियन स्ट्यान्डर्ड अटोमेशन टाउन हाउजिङ्ग भित्र्याउँदै