खाना पकाउने ग्यासको अभाव नहुने, कति दिनको माग धान्ने स्टक छ ?

काठमाडौं । निषेधाज्ञा अवधिभर ग्यास अभाव नहुने बताइएको छ । ग्यास उद्योगीहरु डिपोमा भरीपूर्ण ग्यास रहेकाले अभाव नहुने बताउँछन् ।

 

तर, ग्यास उद्योग संघले खाली सिलिण्डर नराख्न आह्वान गरेसँगै उपभोक्तालले घरघरमा ग्यास सिलिन्डर थुपार्न थालेका छन् । पछिल्लो केही दिन यता सिलिन्डर विक्रेता पसलहरु एकै दिनमा पसल रितिन थालेको बताउन थालेका छन् । प्रान्जली ग्यास सप्लायर्सकी विक्रेता सुमना पन्थीका अनुसार एउटै उपभोक्ताले १५ वटा सम्म ग्यास स्टकमा लगेका छन् ।

 

उनले ग्यास झरेको एकै दिनमा पसल खाली भएको बताइन् । ‘ग्यास आएकै दिन सबै विकेको छ, एउटैले १५ वटा लग्छन् नलग भन्न मिलेन,’ पन्थीले चाणक्य पोष्टसँग भनिन् ।

 

निगमले सबै उद्योगलाई माग अनुसार ग्यास भरेर राख्नु भनेर परिपत्र गरेको थियो । त्यसै अनुसार उपभोक्तालाई केही समयलाई आवश्यक ग्यास जोहो गर्न भनिएको थियो ।उद्योगको प्लान्ट भरिभराउ रहेको र सिलिण्डर समेत भरी अवस्थामा छ । नेपाल ग्यासको हकमा काठमाडौंमा मात्रै १ हजार टन स्टोरेज छ ।

 

यस्तै ग्यास विक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले निषेधाज्ञ हुने डरमा ग्यास भण्डारण गर्न थालेको बताए । उनले लकडाउन भए पनि ग्यास सप्लाई भइरहने बताए ।‘ग्यास अभाव हुन्न खाली भएका ग्यासका सिलिन्डर भरेर राख्न भनिएको हो, ६ महिना १ वर्षका लागि थुपार्नु भनेका हैनौँ,’ अर्यालले भने ।

 

आयल निगमले ग्यास आयात पर्याप्त रहेकोले उपभोक्ता आतिनुपर्ने अवस्था नरहेको जनाएको छ । गत मार्चमा मात्रै भारतबाट ४७ हजार टन ग्यास आएको छ । यो अहिलेसम्मकै धेरै आयात हो ।

 

निषेधाज्ञा जारी भएकाले होटल र रेष्टुरेन्ट बन्द हुने भएकाले ग्यासको खपत पनि कम हुदा अभाव नहुने बताइएको छ । आयल निगमका प्रवक्ता विनितमणी उपाध्याय ग्यास अभाव कुनै अवस्थामा पनि नहुने दाबी गर्छन् । उनले हल्लामा लाग्नुपर्ने अवस्था नरहेको बताए ।

 

भारतको कुनै पेट्रोलियम प्लान्ट बन्द नरहेकाले ग्यास अभाव हुने डर मान्नु नपर्ने बताए । उपभोक्ता डराउनु पर्दैन, ग्यास अभाव हुने कुनै चान्स नै छैन, भारतको कुनै पेट्रोलियम प्लान्ट बन्द भएको छैन,’ उपाध्यायले भने ।

 

उनले पछिल्लो समयको खपतले विगतमा भरिएर बसेका सबै ग्यास विक्री भइरहेको बताए । यो उद्योगीका लागि लट्रि जस्तै भएको उनले बताए ।

 

विगतमा शुरु भएको कोभिडका कारण ग्यासको खपत कम नै छ । यस अघि कोभिड संक्रमणको दर बढ्दै गएपछि लकडाउन पनि हुनसक्ने भएकाले उपभोक्तालाई आवश्यक मात्रामा ग्यास जोहो गर्न आग्रह गरिएको थियो

निषेधाज्ञामा बिहेका गाडी चलाउन पाइने, यी कार्यालयका कर्मचारीले अनुमति लिन नपर्ने Read Previous

निषेधाज्ञामा बिहेका गाडी चलाउन पाइने, यी कार्यालयका कर्मचारीले अनुमति लिन नपर्ने

स्कुल बन्द हुँदा एशियाली विद्यार्थीहरुले १.२५ ट्रिलियन डलरको आम्दानी गुमाउने Read Next

स्कुल बन्द हुँदा एशियाली विद्यार्थीहरुले १.२५ ट्रिलियन डलरको आम्दानी गुमाउने