निषेधाज्ञाको समयमा साझा यातायात संचालन हुने

काठमाडौं। निषेधाज्ञाको समयमा हवाई सेवाका यात्रुको सुविधाका लागि साझा यातायात संचालन हुने भएको छ ।

 

निषेधाज्ञामा पनि हवाई उडान संचालन हुने भएपछि यात्रुको सहजताका लागि नागरिक उड्डयन प्राधिकरणले साझा यातायातका बसमार्फत विमानस्थल आवतजावतको व्यवस्था मिलाएको हो ।

 

विमान कम्पनीहरुले आन्तरिक उडान निरन्तर कायम राख्न अनुरोध गरेपछि प्राधिकरणले त्यसलाई मध्ये नजर गर्दै साझाका बस मार्फत यात्रु विमानस्थल आउजाउको व्यवस्था गरेको हो ।

 

हवाई टिकट र परिचयपत्रका आधारमा विमानस्थल आउजाउका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत सहजीकरणको व्यवस्था गर्ने प्राधिकरणले जनाएको छ।

 

यसैगरी विमानस्थलमा कार्यरत निजी क्षेत्र अन्तर्गतका कर्मचारी तथा सवारी साधनलाई विगतमा झैं आवश्यकताका आधारमा प्राधिकरणले अनुमति जारी गर्ने जनाएको छ।

एनआइसी एशिया बैंकको नाफा ३ अर्ब माथि, यस्ता छन् अन्य सूचक Read Previous

एनआइसी एशिया बैंकको नाफा ३ अर्ब माथि, यस्ता छन् अन्य सूचक

निषेधाज्ञामा बिहेका गाडी चलाउन पाइने, यी कार्यालयका कर्मचारीले अनुमति लिन नपर्ने Read Next

निषेधाज्ञामा बिहेका गाडी चलाउन पाइने, यी कार्यालयका कर्मचारीले अनुमति लिन नपर्ने