एनआइसी एशिया बैंकको नाफा ३ अर्ब माथि, यस्ता छन् अन्य सूचक

काठमाडौं । एनआइसी एशिया बैंकले खुद मुनाफामा सुधार गरेको छ । बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा २०.०७ प्रतिशतले वृद्धि भएको छ ।

 

विवरण अनुसार बैंकले चालू आवको चैत मसान्तसम्म कुल ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो गत आवको सोही अवधिको तुलनामा ५० करोड रुपैयाँ बढी हो । गत आवको तेस्रो त्रैमासमा बैंकले २ अर्ब ५० करोड २४ रुपैयाँ नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी, सञ्चालन र गैर सञ्चालन आम्दानी बढेका कारण खुद नाफा बढ्न पुगेको हो।

बैंकको खुद ब्याज आम्दानी भने १९.२३ प्रतिशतले बढेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म ५ अर्ब ५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालू वर्षको सोही अवधिमा यस्तो आम्दानी बढेर ६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंकको संचालन नाफा २१.९७ प्रतिशतले बढेर ४ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

 

हाल ११ अर्ब ६५ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ६६ करोड रुपैयाँ सञ्चित छ । तेस्रो त्रैमाससम्म बैंकको वितरण योग्य मुनाफा १ अर्ब २२ करोड लाख रुपैयाँ रहेको छ ।

 

समीक्षा अवधिसम्म बैंकले २ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर ३४.३८ रुपैयाँ, खराब कर्जा ०.४७ प्रतिशत, प्रतिसेयर नेटवर्थ १७४.३८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२.७१ प्रतिशत, बेसरेट ६.७७ प्रतिशत र सीसीडी रेसियो ८४.२१ प्रतिशत रहेको छ ।

कोरोनाका बीच हिमाल आरोहणमा उत्साहवद्र्धक सहभागिता, ५३ करोड रोयल्टी संकलन Read Previous

कोरोनाका बीच हिमाल आरोहणमा उत्साहवद्र्धक सहभागिता, ५३ करोड रोयल्टी संकलन

निषेधाज्ञाको समयमा साझा यातायात संचालन हुने Read Next

निषेधाज्ञाको समयमा साझा यातायात संचालन हुने