बस भाडा तिर्न एनएमबी बैंकको ल्यायो कन्ट्याक्टलेस कार्ड, दूरीका आधारमा स्वतः भाडा गणना हुने

काठमाडौं । एनएमबी बैंकले कोरोना भाइरस महामारीमा सुरक्षाको आवश्यकतालाई ध्यानमा राखेर बस भाडा तिर्नको लागी कन्ट्याक्ट लेस कार्ड जारी गरेको छ ।

 

घरमै बसी ओम्नी च्यानलमार्फत खातालगायत विविध बैंकिङ्ग सेवाको सफलतापूर्वक सञ्चालन भएसँगै कोभिडबाट सुरक्षाको साथै क्यासलेस समाज निर्माणमा सहकार्य गर्न फिन्टेक ईन्टरनेशनलसँग सहकार्य गर्ने गरी समझदारी गरेको पनि उसले बताएको छ ।

 

उक्त कार्डबाट यात्रीद्वारा तय गरेको दूरीका आधारमा बस भाडा स्वतः गणना हुनेछ र सो भाडा कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।

 

यस्तै प्रकारको भुक्तानी प्रणाली विश्वको विकसित मुलुकको शहरहरुमा प्रयोग भईरहेको बैंकले बताएको छ ।

 

हाल संयुक्त यातायात र मत्स्य राजधानीका २० वटा बसमा यो सुविधा उपलब्ध भईरहेकोे र अरु विभिन्न बस ब्यवसायीसँग सहकार्य गरी सुविधा विस्तार गरिने बैंकको भनाइ छ ।

 

एनएमबी बैंकले हाल देशभरी १८१ शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा दिंदै आएको छ

प्रभु बैंकको खुद नाफा ४४ प्रतिशतले वृद्धि, यस्ता छन् अन्य सूचक Read Previous

प्रभु बैंकको खुद नाफा ४४ प्रतिशतले वृद्धि, यस्ता छन् अन्य सूचक

काठमाडौंका थप २ ठाउँमा वाटर एटीएम, ५ रुपैयाँमा १ लिटर पानी पाइने Read Next

काठमाडौंका थप २ ठाउँमा वाटर एटीएम, ५ रुपैयाँमा १ लिटर पानी पाइने