प्रभु बैंकको खुद नाफा ४४ प्रतिशतले वृद्धि, यस्ता छन् अन्य सूचक

काठमाडौं । प्रभु बैंकले खुद मुनाफमा छलाङ मारेको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण खुद नाफमा ४४.०८ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

 

विवरण अनुसार बैंकले चालू आवको चैत मसान्तसम्म कुल २ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो गत आवको सोही अवधिको तुलनामा ६४ करोड रुपैयाँ बढी हो । गत आवको तेस्रो त्रैमासमा बैंकले १ अर्ब ४६ करोड ४१ रुपैयाँ नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी, सञ्चालन आम्दानी र गैर सञ्चालन आम्दानी बढेका कारण खुद नाफा बढ्न पुगेको हो।

 

बैंकको खुद ब्याज आम्दानी भने ६.६ प्रतिशतले बढेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ५९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालू वर्षको सोही अवधिमा यस्तो आम्दानी बढेर ३ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंकको संचालन नाफा ४६.८५ प्रतिशतले बढेर ३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

हाल ११ अर्ब ३४ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ९९ करोड रुपैयाँ सञ्चित छ। तेस्रो त्रैमाससम्म बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५९ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

 

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८.९३ रुपैयाँबाट बढेर २४.७९ रुपैयाँ पुगेको छ । बैंकले खराब कर्जा २.९५ प्रतिशतबाट घटेर १.४८ प्रतिशत पुगेको
छ ।

 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५२.८६ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.७६ प्रतिशत, बेसरेट ७.०६ प्रतिशत र सीसीडी रेसियो ७४.४२ प्रतिशत रहेको छ ।

खाद्यान्नमा परनिर्भरता बढ्दो, चालू वर्षमा ३९ अर्बको चामल आयात Read Previous

खाद्यान्नमा परनिर्भरता बढ्दो, चालू वर्षमा ३९ अर्बको चामल आयात

बस भाडा तिर्न एनएमबी बैंकको ल्यायो कन्ट्याक्टलेस कार्ड, दूरीका आधारमा स्वतः भाडा गणना हुने Read Next

बस भाडा तिर्न एनएमबी बैंकको ल्यायो कन्ट्याक्टलेस कार्ड, दूरीका आधारमा स्वतः भाडा गणना हुने