नेपाल एयरलाइन्सद्धारा फाप्लु विमानस्थलमा परीक्षण उडान

काठमाडौं । नेपाल वायुसेवा निगमको ‘वाई१२ई’ जहाजले सोलुखुम्बुको फाप्लु विमानस्थलमा परीक्षण उडान भरेको छ । चिनमा निर्मित उक्त विमानले आज पहिलो पटक सफल परीक्षण उडान भरेको हो ।

 

चौध सिट क्षमता भएको उक्त जहाजले ओखलढुङ्गाको रुम्जाटारमा पनि आजै उडान भरेको निगमका ‘अपरेशन डाइरेक्टर’ एवं ‘क्याप्टेन’ दीपुराज ज्वारचनले जानाकारी दिए ।

 

वि.सं. २०७१ मा नेपाल सरकारले चीन सरकारको सहयोगमा चार ‘वाई१२ई’ जहाज भित्र्याएको थियो । उक्त विमानले करीब १० दिनको अवधिमा पूर्वको भोजपुर, ताप्लेजुङ, रुम्जाटार र फाप्लुमा परीक्षण उडान भरेको उनको भनाइ थियो ।

 

हाल उक्त जहाजले सुदूरपश्चिमका जिल्लामा उडान भर्दै आएको निगमले जनाएको छ । उक्त विमान छोटो धावन मार्ग भएका विमान स्थलका लागि उडान तथा अवतरणका लागि प्रभावकारी मानिन्छ ।रासस

एनइआइसी एशिया बैंकले कञ्चनपुर भन्सार कार्यालयमा काउन्टर राख्ने Read Previous

एनइआइसी एशिया बैंकले कञ्चनपुर भन्सार कार्यालयमा काउन्टर राख्ने

स्टार्ट अप व्यापार हो, ग्ल्यामर होइन Read Next

स्टार्ट अप व्यापार हो, ग्ल्यामर होइन