स्टार्ट अप व्यापार हो, ग्ल्यामर होइन

हालै पठाओले ठूलो संख्यामा कर्मचारी निकालेको खबरले अहिले शहर–बजार गर्माएको छ । सदा झैं ‘सबै विषयका विज्ञहरु’ यो विषयमा पनि आफ्ना धारणाहरु सार्वजनिक गरिरहेका छन् ।

 

सामाजिक सञ्जालमा अहिले क्रिकेट, राजनीति, राष्ट्रिय सुरक्षादेखि लिएर ‘स्टार्ट अप’ सम्म सबै विषयमा मानिसहरु आफ्ना धारणा राख्छन् । मलाई यसमा खासै आश्चर्य लागेको छैन । यस्ता मानिसहरु भोली फेरी अर्कै विषयको ‘विज्ञ’ भइसक्छन् ।

 

र, यो लेख त्यस्ता ‘विज्ञ’हरुलाई फेरी छलफलका लागि केही बुँदा प्रदान गर्नका लागि पक्कै होइन । यो मेरा सह–उद्यमी मित्रहरुका लागि हो, जसले आफ्नो स्टार्ट अप सफल बनाउन पसिना बगाएका छन् । त्याग गरेका छन् । र, अत्यन्तै मिहिनेत गरेका छन् ।

 

विभिन्न स्रोतहरुले गरेको दावी अनुसार पठाओले मध्य र उच्च तहका ३ सय कर्मचारीहरुलाई पूर्व सूचना बेगर कामबाट निकालेको छ । कमजोर वित्तीय व्यवस्थापन, थप लगानी ल्याउन नसक्ने अवस्था र बजारीकरणमा गरिएको अत्याधिक खर्चलाई यो अवस्थाको लागि जिम्मेवार ठहर्याइएको छ ।

 

एलियस क्षमतावान् मानिस हुन् । उनले यस्तो काम गरेर देखाएका छन्, जसको नजिक पनि बंगलादेशमा कोही पुग्न सकेको छैन । उनले नै खासमा के भएको हो भनेर अरु भन्दा राम्रोसँग बताउन सक्लान् ।

 

तपाईंको कम्पनी मासिक १० हजार कारोबार गर्ने होस् वा १ करोड गर्ने होस्, मेरो चासोको विषय होइन । तर, कम्पनीको प्रमुख कार्यकारीको रुपमा तपाईंलाई आफ्नो कम्पनीको वित्तीय अवस्थाको बारेमा जानकारी हुनैपर्छ ।

 

व्यवसाय वृद्धिको लागि लगानीकर्ताले दिएका दवाव, पहिला उबर र पछि सोहोजले खडा गरेको तीव्र प्रतिस्पर्धाका कारण बजारीकरणमा धेरै खर्च गर्नु परेको अवस्था र छिटो विभिन्न क्षेत्रमा गर्न खोजिएको व्यवसाय विस्तार (मल्टिपल भर्टिकल्स) मध्ये सबै वा केही कारणहरु हुनसक्छन् ।

 

हामीलाई विभिन्न स्रोतहरुले भने झैं उनीहरुको अत्याधिक खर्चको कारणहरुबारे आधिकारीक जानकारी नभएका कारण अहिलेलाई यो विषयमा धेरै अनुमान नगरौं ।

 

एउटा उद्यमीको रुपमा तपाईं के सिक्न सक्नुहुन्छ (१ व्यक्तिको स्टार्ट अप वा १०० जनाको स्टार्ट अप) ? अहिले आधारभूत कुरा बाट शुरु गरौं र पछि केही जटील विषयमा पनि छलफल गरौंला ।

 

आधारभूत वित्तीय साक्षरता

 

तपाईंको कम्पनी मासिक १० हजार कारोबार गर्ने होस् वा १ करोड गर्ने होस्, मेरो चासोको विषय होइन । तर, कम्पनीको प्रमुख कार्यकारीको रुपमा तपाईंलाई आफ्नो कम्पनीको वित्तीय अवस्थाको बारेमा जानकारी हुनैपर्छ ।

 

दैनिक रुपमा नभए पनि महिनाको एक पटक त आम्दानी र खर्चको विवरण हेर्नैपर्छ । त्यसपछि तपाईं आफ्नो वित्तीय व्यवस्थापकसँग खर्च कटाउने प्रभावकारी उपायहरुको बारेमा छलफल गर्न सक्नुहुन्छ ।

 

यहाँ तपाई लगातर लगानी वृद्धिको अपेक्षा राख्न सक्नुहुन्न । यदि तपाईंले छिट्टै व्यवसायीक वृद्धि गर्नुभयो र त्यसपछि थप वृद्धिको लागि अरु लगानीकर्ताको भर पर्न थाल्नुभयो भने तपाईं ठूलो जोखिममा फस्नुहुनेछ ।

 

प्रमुख कार्यकारीको रुपमा बजारीकरणको खर्चका बारे नियन्त्रण गर्ने र आफ्नो वित्तीय व्यवस्थापकलाई चाहिने जति अख्तियार दिनुपर्छ । प्रमुख कार्यकारीको रुपमा तपाई वित्तीय व्यवस्थापक माथि भर पर्नुपर्छ तर, उसलाई सल्लाह र सुझाव भने दिनैपर्छ ।यदि तपाईंलाई आधारभूत वित्तीय व्यवस्थापनका बारेमा जानकारी छैन भने ‘गुगल’ राम्रो शिक्षक हुनसक्छ ।

 

आफूमा केन्द्रीत हुनुहोस्, प्रतिस्पर्धीमा होइन

 

पठाओ बाइक सेयरिङ कम्पनी हुनुभन्दा पहिला ढुवानी कम्पनी थियो । बाइक सेयरिङमा ठूलो र सफलता र लगानी पाएपछि, मेरो विचारमा, उनीहरुले ढुवानी सेवामा केन्द्रित हुनुपथ्र्यो ।

 

खाना डेलिभरी र कार सेयरिङ तर्फ लाग्नु भन्दा उनीहरु सुन्र्दबान र एसए प्रभावहनको प्रमुख प्रतिस्पर्धी बन्न सक्थे, ढाका बाहिर मानिसहरुको घरमा सामानहरु पुर्याएर । इ कर्मसको सबैभन्दा ठूलो समस्या भनेको ‘क्यास अन डेलिभरी’ र ढाका बाहिरको ‘होम डेलिभरी’ हो ।

 

पठाओमा आएको लगानी र क्षमतावान् प्राविधिक टोलीले थोरै प्रतिस्पर्धी माझ उल्लेख्य नतिजा हासिल गर्न सक्थ्यो ।

 

 

‘पहिले नाफा’ भन्ने मनस्थितिको विकास गर्नुस्

 

मैले दुई वटा कम्पनी चलाएको थिएँ र ती कम्पनी मातहत धेरै ब्राण्डहरु थिए । दुवै कम्पनी शुरुवाती केही महिनासम्म नाफामा थिए । मैले कुनै वाह्य लगानीकर्ता नल्याएका कारण नाफा फेरी कम्पनी मै लगानी गरें ।

 

स्टार्ट अपहरु मर्ने पैसाको अभावले हो । र, पैसाको अभाव मानव संशाधनमा हुने अत्याधिक खर्चका कारणले हो । आवश्यकता छ भने मात्र भर्ना गर्नुस् । र, तत्कालको अवस्थामा तपाई थेग्न सक्नुहुन्छ भने मात्र ।

 

अहिले मेरो शिक्षा सम्बन्धी स्टार्टअप ‘लाइट अफ होप’ ६० जना भन्दा धेरै मानिसहरु काम गर्ने स्टार्ट अप भएको छ । मेरा सबै क्षेत्रहरुले ‘भर्टिकल्स’हरुले पैसा बनाएका छन् । अब अहिले म लगानीकर्ताहरुसँग लगानीका बारेमा छलफल गरिरहेको छु ।

 

तर, म सबैले याही प्रक्रिया अनुरुप काम गर्नुपर्छ भनिरहेको छैन । मेरो भनाइ यो हो की सबैले ‘नाफा पहिला’ भन्ने मनस्थितिको विकास गर्नुपर्छ । र, आफ्नो इकाइ अर्थशास्त्र र इकाइ अर्थशास्त्रमा नाफाको बारेमा सोच्नैपर्छ, ठूलो लगानी मार्फत तीव्र वृद्धिको बाटोमा लाग्नु भन्दा पहिले ।

 

ढाका सिलिकन भ्याली होइन । यहाँ तपाई लगातर लगानी वृद्धिको अपेक्षा राख्न सक्नुहुन्न । यदि तपाईंले छिट्टै व्यवसायीक वृद्धि गर्नुभयो र त्यसपछि थप वृद्धिको लागि अरु लगानीकर्ताको भर पर्न थाल्नुभयो भने तपाईं ठूलो जोखिममा फस्नुहुनेछ । र, पठाओ, ढाकाको एकदमै सेलिब्रेटेड स्टार्ट अप, मात्र होइन, अन्य धेरै स्टार्ट अपहरु वित्तीय समस्यामा जेलिएका छन् ।

 

ढाकामा १० लाख डलरको लगानीले पनि तपाईंको कम्पनी फाइदामा गएन भने तपाईंको लागि सिलिकन भ्याली तिर जानु नै उत्तम विकल्प हो ।

 

भर्ना होसियारी पूर्वक गर्नुस्, एकदमै होसियारी

 

मलाई थाहा थिएन, पठाओमा यति ठूलो टिम छ भनेर । एउटा कुरा दिमागमा के राख्नुस भने धेरै कम्पनीहरु भर्ना अथवा भर्नाको गलत रणनीतिको कारणले डुबेका छन् ।

 

पैसा होस् पुर्याएर खर्च गर्नुपर्छ । टेक कम्पनी भएको नाताले पठाओलाई राम्रोसँग थाहा छ की कसैले पनि टिभी हेर्दैनन्, विशेष गरि उसले ‘टार्गेट ग्रुपले’ ।यदितपाईं हरेक राइडबाट पैसा गुमाइरहनु भएको छ भने त्यो घाटा न्यूनीकरण गर्ने तपाईंको सबैभन्दा ठूलो प्राथमिकता हो ।

 

स्टार्ट अपहरु मर्ने पैसाको अभावले हो । र, पैसाको अभाव मानव संशाधनमा हुने अत्याधिक खर्चका कारणले हो । आवश्यकता छ भने मात्र भर्ना गर्नुस् । र, तत्कालको अवस्थामा तपाई थेग्न सक्नुहुन्छ भने मात्र ।

 

मेरो विचारमा १० लाख डलरको लगानी आएपछि पठाओले अर्को चरणमा फेरी लगानी उठाउने अनुमान गर्दै धेरै मानिसहरु भर्ना गरेको थियो । जब उनीहरुले थप लगानी ल्याउन सकेनन्, त्यसपछि थोरै खेल्ने ठाउँ जोगाई राख्नका लागि उनीहरुले कर्मचारी निकाल्न शुरु गरे ।

 

तपाईंको बजारीकरणले तपाईंलाई मार्न सक्छ

 

मलाई पठाओको टिभिसी देखेर शुरुमा अचम्म लागेको थियो । मैले पठाओले टेलिभिजनमा विज्ञापन बजाउनु पर्ने कुनै कारण फेला पार्नै सकिन । ढाकामा बस्नेहरुको लागि पठाओको बारेमा पहिल्यै थाहा थियो ।

 

जस जसका बाइक थिए उनीहरुलाई पनि पठाओको बारे थाहा थियो । पैसा होस् पुर्याएर खर्च गर्नुपर्छ । टेक कम्पनी भएको नाताले पठाओलाई राम्रोसँग थाहा छ की कसैले पनि टिभी हेर्दैनन्, विशेष गरि उसले ‘टार्गेट ग्रुपले’ ।यदितपाईं हरेक राइडबाट पैसा गुमाइरहनु भएको छ भने त्यो घाटा न्यूनीकरण गर्ने तपाईंको सबैभन्दा ठूलो प्राथमिकता हो ।

 

मैले सोहोजमा पनि त्यस्तै समस्या देखें । उनीहरु ढाकामा स्टार्ट अप सम्बन्धी एक कार्यक्रमको प्रायोजन गर्दैछन् । मलाई थाहा छैन, सोहोजको लक्ष्य र यो कार्यक्रमकाबीच के सम्बन्ध छ ।

 

र, एक दुई हजारको प्रयोजन मात्र हो भने पनि यो ठूलो कुरा हो । यो मानिसहरुको आँखा अगाडि पर्नको लागि हावादारी काम गर्ने क्रियाकलापको शुरुवाती लक्षण हो । यदि सोहोजले राम्रोसँग सर्च गरेनन् भने उनीहरु पनि समस्यामा फस्नेछन् ।

 

आफ्नो क्षेत्रको अरु स्टार्ट अपहरु किन्नुस्

 

यदि तपाईंसँग धेरै लगानी छ र तपाईं ले लगानी गर्ने ठाउँ पाउनु भएको छैन भने आफ्नै क्षेत्रको अरु स्टार्ट अपको सेयर अथवा कम्पनी नै किन्नु राम्रो हुन्छ । पठाओ वा सोहोजले जान्त्रिक वा पार्किङ कोइ किन्न सक्थे ।

 

यदि पठाओले जान्त्रिक वा पार्किङ कोइमा लगानी गरेको भए उनीहरुले जान्त्रिक वा पार्किङ कोइको सेवा आफ्ना सबै ग्राहकहरु र चालकहरुलाई प्रस्ताव गर्न सक्थे । यसले उनीहरुलाई थप पैसा कमाउने बाटो र आफ्ना ग्राहकहरुलाई अत्तिरिक्त सेवा प्रदान गर्ने अवसर प्राप्त हुन्थ्यो ।

 

मलाई थाहा छैन यस्ता सोच उनीहरुमा आए वा आएनन् । उबरले यो काम गर्यो । फेसबुकले पनि गर्यो । त्यसैले उनीहरु लामो समयसम्म निर्विकल्प भएर बसेका छन् ।

 

मैले तपाईहरु माझ भन्न खोजेको कुरा करिब यत्ति नै हो ।

 

नेपाल एयरलाइन्सद्धारा फाप्लु विमानस्थलमा परीक्षण उडान Read Previous

नेपाल एयरलाइन्सद्धारा फाप्लु विमानस्थलमा परीक्षण उडान

अब नापी कार्यालयको सेवा घरमै बसेर लिन सकिने Read Next

अब नापी कार्यालयको सेवा घरमै बसेर लिन सकिने