एनइआइसी एशिया बैंकले कञ्चनपुर भन्सार कार्यालयमा काउन्टर राख्ने

काठमाडौं । एनआइसी एशिया बैंक र भन्सार विभागबीच कञ्चनपुर भन्सार कार्यालय परिसरमा बैंकको विस्तारित काउण्टर स्थापना गर्ने सम्झौता भएको छ।

 

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र भन्सार विभागका तर्फबाट महानिर्देशक रामेश्वर दंगालले हस्ताक्षर गरे।

 

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा स्थापना हुने बैंकको काउण्टरबाट भन्सार कार्यालयको कारोबारका साथै भन्सारमा आउने सेवाग्राहीले थप सुविधा प्राप्त गर्न सक्नेछन्।

 

नेपाल सरकारको भन्सार तथा राजस्व कार्यालयहरुमा नगदरहित कारोबारको सुनिश्चितता गर्ने उद्देश्यमा सहकार्य गर्दै एनआइसी एसिया बैंकले विभिन्न भन्सार कार्यालयहरु, आन्तरिक राजश्व कार्यालयहरु लगायत राजश्व संकलन हुने कार्यालयहरुमा विस्तारित काउन्टर खोली सेवा प्रदान गर्दै आइरहेको छ।

 

उक्त सम्झौतासँगै नेपाल भारत सीमामा रहेको कञ्चनपुर भन्सार कार्यालयबाट दैनिक रुपमा हुने आयात निर्यातसँग सम्बन्धित कारोबारका लागि बैंकका सेवाग्राहीले छिटो छरितो तथा पारदर्शी रुपमा सेवा प्राप्त गर्न सक्ने बैंकको दावी छ।

 

बैंकका मुलुकभर २९५ शाखा कार्यालय, ३२१ एटिएम, ५७ वटा एक्स्टेन्सन काउन्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाई संचालनमा छन्। ग्राहक संख्या १७ लाख पुगेको बैंकको दावी छ।

राष्ट्र बैंक विरुद्ध नारायणदास मानन्धरले हालेको मुद्दाको सुनुवाइ आज हुँदै Read Previous

राष्ट्र बैंक विरुद्ध नारायणदास मानन्धरले हालेको मुद्दाको सुनुवाइ आज हुँदै

नेपाल एयरलाइन्सद्धारा फाप्लु विमानस्थलमा परीक्षण उडान Read Next

नेपाल एयरलाइन्सद्धारा फाप्लु विमानस्थलमा परीक्षण उडान