राष्ट्र बैंक विरुद्ध नारायणदास मानन्धरले हालेको मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं । प्राइम बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) नारायणदास मानन्धरले नेपाल राष्ट्र बैंकको विरुद्धमा सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ हुने भएको छ ।

 

गत बिहीबार न्यायाधिस मीरा खड्काको बेन्चमा परे पनि हेर्न नभ्याइएको मानन्धरको मुद्दाको सुनुवा मंगलबार प्रधानन्याधिसले गर्ने भएका छन्।

 

राष्ट्र बैंकले साउन २० गते परिपत्र मार्फत बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीका अधिकृत र सञ्चालकहरुको लागि उमेरको हदबन्दी तोकेको थियो ।

 

राष्ट्र बैंकको सो नियमले साउन १७ गतेबाट पदभार सम्हालेका मानन्धरले सीइओबाट अवकाश पाएका उनी यसका विरुद्ध सर्वोच्च गएका थिए । सीइओ बाहल रहेका व्यक्तिको उमेर हदका कारण जागिर जान नहुने जिकिर गर्दै मानन्धरले सर्वोच्चमा रिट दायर गरेका थिए ।

 

चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई कार्यान्वयनमा ल्याउँदै केन्द्रीय बैंकले प्रमुख कार्यकारीको उमेर ६५ वर्षभन्दा बढी हुन नपाउने व्यवस्था गरेको छ । तर यो निर्देशन जारी हुन अघि नियुक्त भइसकेको भए ६९ वर्षसम्म काम गर्न पाइने व्यवस्था गरिएको छ ।

लुम्बिनी विकास बैंकको नाफा ७१%ले बढ्दा गरिमाको २६%मा सीमित Read Previous

लुम्बिनी विकास बैंकको नाफा ७१%ले बढ्दा गरिमाको २६%मा सीमित

एनइआइसी एशिया बैंकले कञ्चनपुर भन्सार कार्यालयमा काउन्टर राख्ने Read Next

एनइआइसी एशिया बैंकले कञ्चनपुर भन्सार कार्यालयमा काउन्टर राख्ने