लुम्बिनी विकास बैंकको नाफा ७१%ले बढ्दा गरिमाको २६%मा सीमित

 

काठमाडौं । मंगलबार लुम्बिनी विकास बैंक एकै दिन दुई विकास बैंकले आर्थिक वर्ष २०७५÷७६ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

 

सार्वजनिक विवरण अनुसार लुम्बिनी विकास बैंकको खुद नाफा ७१.८० % ले बढेको छ भने गरिमा विकास बैंकको २६.३३% ले मात्र बढेको छ।

 

लुम्बिनी विकास बैंकको लाभांश क्षमता १७ प्रतिशत

 

लुम्बिनी विकास बैंकले गत वर्षको असार मसान्तसम्ममा ५५ करोड ७३ लाख खुद मुनाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ७१.८० % ले बढी हो । लुम्बिनीले अघिल्लो आर्थिक वर्षमा ३२ करोड ४४ लाख खुद नाफा कमाएको थियो ।

 

 

बैंकले वितरण योग्य मुनाफा २८ करोड ५१ लाख रहेको छ । जसबाट बैंकले शेयरधनीलाई १७ प्रतिशतसम्म लाभांश बाड्न सक्ने क्षमता बनाएको छ ।

 

असार मसान्तसम्म बैंकले २४ अर्ब ८० करोड निक्षेप संकलन गरि २१ अर्ब १६ करोड कर्जा परिचालनबाट एक अर्ब १३ करोड खुद ब्याज आम्दानी गरेको छ ।

 

दुई अर्ब २० करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब रुपैयाँ ७१ करोड रुपैयाँ सञ्चित छ । जगेडा कोष करिब २२ प्रतिशतले बढेको हो।

 

बैंकको प्रतिशेयर आम्दानी १४.९३ रुपैयाँले बढेर २५.२२ रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर प्रतिशेयर नेटवर्थ १७७.४० रुपैयाँ रहेको छ ।

 

गरिमा विकास बैंकको नाफा ५९ करोड २२ लाख

 

यस्तै गरिमा विकास बैंकले आर्थिक वर्ष २०७५/७६मा ५९ करोड २२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २६.३३% ले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ४६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

बैंकको वितरण योग्य नाफा ४५ करोड ३१ लाख छ। यसबाट बैंकले शेयरधनीलाई १६ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्दछ ।

 

२ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष ९ करोड ८९ लाख बढेर ४९ करोड ८८ लाख पुगेको छ भने शेयरधनीकोष १४ करोड ६६ लाखले बढेर ४९ करोड ८५ लाख पुगेको छ।

 

बैंकको आम्दानीका सूचकहरु अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा प्रगतिउन्मुख छन् । बैंकले २६ अर्ब ७८ करोड निक्षेप संकलन गरी २८ अर्ब २० करोड कर्जा लगानीबाट एक अर्ब ४० करोड खुद ब्याज आम्दानी गरेको छ।

 

समीक्षा अवधिमा बैंकको निक्षेप ३५.७७ र कर्जा प्रवाह ५१.२८ प्रतिशतले बढाउँदा ब्याज आम्दानीमा ३७.६५ प्रतिशतको सुधार भएको हो।

 

बैंकको प्रतिशेयर आम्दानी २.७४रुपैयाँले बढेर २१.२४ रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १३५.४६ रुपैयाँ रहेको छ ।

हिमालयन जनरल इन्सुरेन्सको नाफामा ४०% ले बढ्यो Read Previous

हिमालयन जनरल इन्सुरेन्सको नाफामा ४०% ले बढ्यो

राष्ट्र बैंक विरुद्ध नारायणदास मानन्धरले हालेको मुद्दाको सुनुवाइ आज हुँदै Read Next

राष्ट्र बैंक विरुद्ध नारायणदास मानन्धरले हालेको मुद्दाको सुनुवाइ आज हुँदै