काठमाडौं । हिमालयन जनरल इन्सुरेन्सले आर्थिक वर्ष २०७५/७६को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
मंगलबार सार्वजनिक विवरण अनुसार हिमालयनले गत वर्षको असार मसान्तसम्ममा १९ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्ष यसै अवधिको तुलनामा ४०.१०% ले धेरै हो । अघिल्लो वर्ष हिमालयनले १४ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद बिमा शुल्क आर्जन भने १७.६०% ले घटेर २९ करोड ९ लाख रुपैयाँमा खुम्चिएको छ । बीमा कोषको आकार भने २६.५५% ले बढेर ४७ करोड ३० लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, हिमालयनले यो त्रैमाससम्म कूल १७ करोड ४८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कुल दाबी भुक्तानी हुन बाँकी रकम १ अर्ब ४९ करोड ५२ लाख रुपैयाँ छ ।
हिमालयनको चुक्ता पूँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ छ । रिजर्भ कोषमा २५ करोड ५२ लाख ५५ हजार रुपैयाँ छ । हिमालयनको प्रतिसेयर आम्दानी ५.६३ रुपैयाँले बढेर १९.३३ रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १७४.१० रुपैयाँ छ ।