अब १ घण्टामै डिम्याट खाता खोल्न सकिने

काठमाडौं । एनआइसी एशिया क्यापिटल १ घण्टा भित्र डिम्याट खाता खोल्ने भएको छ ।क्यापिटलले अनलाइनमार्फत रीतपूर्वक विवरण भरी पठाएको १ घण्टाभित्र डिम्याट खाता खोल्दिने भएको हो ।

 

पछिल्लो समयमा कोरोनाको दोस्राो लहर फैलिएसँगै त्यसबाट बच्न क्यापिटलले देशभरबाट अनलाइनबाट निःशुल्क डिम्याट खाता खोल्न सकिने व्यवस्था गरेको छ । यसरी अनलाइनबाट फारम भरी भेरिफाइड भएको १ घण्टाभित्र डिम्याट खाता नम्बर दिने क्यापिटलले जनाएको छ ।

 

साथै उक्त एक घण्टा भित्र सुविधा आइतबारदेखि बिहीबारसम्म दिनको ४ बजे र शुक्रबार दिनको १ बजेसम्म उपलब्ध हुने व्यहोरा समेत अनुरोध छ । यस्तै, क्यापिटलले उपत्यका बाहिर असार मसान्तसम्म अनलाइनमार्फत खाता खोल्दा डिम्याट खाता निःशुल्क खोलिदिने जनाएको छ ।

 

साथै, हालको व्यवस्था अनुसार डिम्याट खाता खोल्न स्वयंम व्यक्ति उपस्थित हुनुपर्ने भएको हुँदा अनलाइनमार्फत डिम्याट खाता खोल्नेले खाता सफलरुपमा सबमिसन भएको मितिले १५ दिन भित्र क्यापिटलको कार्यालय वा नजिकको एनआइसी एशिया बैंको शाखा कार्यालयमा संक्कल नागरिकता लिई स्वयंम उपस्थित हुनुपर्ने छ ।

 

छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिंदै आएको क्यापिटलले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा विक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

वैैशाख १५ देखि खुल्लामञ्चबाट बसपार्क हटाइँदै, अब कहाँ सर्दैछ ? Read Previous

वैैशाख १५ देखि खुल्लामञ्चबाट बसपार्क हटाइँदै, अब कहाँ सर्दैछ ?

मुख्य सिजनमै सुनको अभाव, मागको आधा मात्र आपूर्ति, व्यवसायीलाई माग धान्न धौ धौ Read Next

मुख्य सिजनमै सुनको अभाव, मागको आधा मात्र आपूर्ति, व्यवसायीलाई माग धान्न धौ धौ