काठमाडौं । इन्धनमा भएको मूल्य वृद्धिको असर हवाई भाडामा परेको छ । नेपाल आयल निगमले यसैसाता हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाएसँगै हवाई सेवा प्रदायकहरुले पनि भाडा बढाएका छन् ।
वायुसेवा सञ्चालक संघ नेपालले वैशाख ७ गते (अप्रिल २० तारिख) देखि लागू हुने गरी हवाई भाडामा लाग्ने इन्धन शुल्क (फ्युल चार्ज) का आधारमा नयाँ भाडादर तोकेको छ ।
संघका अनुसार गन्तव्य अनुसार न्यूनतम १० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म भाडा वृद्धि गरिएको छ । इवाई भाडादरले यात्रुलाई खासै महंगो नपर्ने दाबी वायुसेवा कम्पनीहरूको छ।
संघले काठमाडौं–धनगढी रुटको सबैभन्दा धेरै ८५ रुपैयाँ इन्धन चार्ज बढाएको छ । यस्तै, संघले माउन्टेन उडानमा ६५ रुपैयाँ, काठमाडौं–सुर्खेत ७०, काठमाडौं–नेपालगञ्ज ६५, विराटनगर ५०, काठमाडौं–जुम्ला ६५, काठमाडौं–भद्रपुर ६० रुपैयाँ इन्धन चार्ज बढाएको छ ।
कुन गन्तव्यको कति बढ्यो इन्धन शुल्क ?