जुलाइ १ देखि चौथो संस्करणका कतारी रियाल नचल्ने, वैशाख २७ भित्र साटीसक्नु पर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले चौथो संस्करणका कतारी रियाल आगामी असार १७ गते (जुलाइ १ तारिख)भित्र सटही गरिसक्न निर्देशन दिएको छ ।

 

कतारको केन्द्रीय बैंकले हाल चलनचल्तीमा रहेका चौथो संस्करणका कतारी रियाल बैंक नोटहरू आगामी जुलाई १ तारिखपछि चलनचल्तीबाट हटाउने निर्णय गरेसँगै राष्ट्र बैंकले एक सूचना जारी गर्दै कतारी नोट भएका व्यक्तिहरुलाई वैशाख २७ भित्रै साट्न भनेको हो ।

 

कतारी मुद्रा भएका व्यक्तिले आफूसँग भएको नोटहरु राष्ट्र बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयहरू, विदेशी विनिमयको कारोबार गर्न राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था वा परिवर्त्य विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र प्राप्त मनिचेञ्जरहरूबाट सटही गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

 

जुलाई १ देखि कतारी रियालका नोटहरू सटही गर्न राष्ट्र बैंकलगायत इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था र मनिचेञ्जरहरू बाध्य नहुने सूचनामा उल्लेख गरिएको छ।

नारायणगढ-मुग्लिन सडकमा बनेको ८० मिटर लामो पुल, जसले छोट्यायो २६५ मिटर दूरी Read Previous

नारायणगढ-मुग्लिन सडकमा बनेको ८० मिटर लामो पुल, जसले छोट्यायो २६५ मिटर दूरी

१४ लाखले १० कित्ता सेयर पाउने आइपीओ आउँदै, बोर्डबाट पायो अनुमति Read Next

१४ लाखले १० कित्ता सेयर पाउने आइपीओ आउँदै, बोर्डबाट पायो अनुमति