काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्नेछ। म्युचुअल फण्ड र आयोजनाका कर्मचारीलाई छुट्याएर बाँकी रहने सेयर करिब १४ लाख जनाले १० कित्ताका दरले सेयर पाउने छन् ।
आइपीओ जारी गर्न कम्पनीले यसअघि नै ग्लोबल आइएमई क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धमा नियुक्त गरिसकेको छ ।
आयोजनाले हाल सिन्धुपाल्चोकको भोटेकोशीमा १०२ मेगावाट क्षमताको आयोजना बनाइ रहेको छ । आयोजनाको कुल लागत १४ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।