नारायणगढ-मुग्लिन सडकमा बनेको ८० मिटर लामो पुल, जसले छोट्यायो २६५ मिटर दूरी

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डको जलवीरेमा पक्की पुल निर्माण सम्पन्न भएको छ । निर्माण शुरु गरिएको करिब साढे ३ वर्षमा उक्त पुल निर्माण सम्पन्न भएको हो ।

 

सन् २०१७ को डिसेम्बरमा २१ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुल निर्माण शुरु गरिएको थियो । सम्झौता अनुसार गत असारमै उक्त पुल निर्माण पूरा गर्नु पर्ने भए पनि पुलको डिजाइन परिवर्तन, कोरोना लगायत कारण १ वर्ष ढिला सम्पन्न भएको हो ।

 

८० मिटर लम्बाइ र ११ मिटर चौडाइको उक्त पुल १३ करोड ९४ लाखको लागतमा निर्माण गरिएको हो । पुल निर्माणको सम्पूर्ण काम सकिएकाले अब केही दिनमै पुल संचालनमा आउने निर्माण कम्पनी रौताहा कन्स्ट्रक्सनले जनाएको छ । पुलमा तीनवटा स्पान छन् ।

 

लामो ८० मिटर उक्त पुल बनेसँगै नारायणगढ-मुग्लिन सडकखण्डको दूरी समेत २६५ मिटर छोटिएको छ । घुम्ती रहेको स्थानमा सीधा पुल निर्माण गरिएपछि उक्त दूरी छोटिएको हो ।

 

जलवीरेलाई नारायणगढ-मुग्लिन सडक खण्डको अत्याधिक दुर्घटना हुने स्थानको रुपमा रहेको छ । घुमाउरो सडकका कारण यहीँबाट यात्रुवाहकमालबाहक गाडीहरु एक आपसमा जुध्ने र त्रिशूली नदीमा समेत खस्ने हुँदा कयौं मानिसहरूले ज्यान गुमाइ सकेका छन् । पुल बनेसँगै उक्त स्थानमा हुने दूर्घटनामा कमी आउने आशा गरिएको छ ।

ज्योति लाइफको सेयर मूल्य ८ दिनमै दोब्बर, प्रतिकित्ता कति पुग्यो भाउ ? Read Previous

ज्योति लाइफको सेयर मूल्य ८ दिनमै दोब्बर, प्रतिकित्ता कति पुग्यो भाउ ?

जुलाइ १ देखि चौथो संस्करणका कतारी रियाल नचल्ने, वैशाख २७ भित्र साटीसक्नु पर्ने Read Next

जुलाइ १ देखि चौथो संस्करणका कतारी रियाल नचल्ने, वैशाख २७ भित्र साटीसक्नु पर्ने