कोरोना बढ्दै गएपछि राष्ट्र बैंकले दियो बैंकहरुलाई यस्तो ९ बुँदे निर्देशन

काठमाडौं। कोरोना संक्रमणको दोस्रो लहर बढ्न थालेसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंक ९ बुँदे निर्देशन जारी गर्दै महामारीमा आउने विशेष अवस्थाको आँकलन गरेर कार्ययोजना बनाउन निर्देशन दिएको हो ।

 

नेपार सरकार र विश्व स्वास्थ्य संगठनको सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अबलम्वन गर्नू, राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ।

 

यस्तै, कर्मचारीको भीडभाड कम गर्न वर्कफर्म होम, सिफ्ट तोकेर काम लगाउने लगायतका सावधानी अपनाउन राष्ट्र बैंकले निर्देशन दिएको छ। सेवाग्राही भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाएर सेवा दिन समेत भनेको छ ।

 

यस्तै, ‘समुदाय स्तरमा कोभिड(१९को संक्रमण फैलिएर महामारीको विशेष अवस्था आइपर्नसक्ने परिस्थितीलाई समेत आंकलन गरेर बैंक तथा वित्तिय संस्थाका अत्यावश्यकीय कार्यको निरन्तरताका लागि कार्ययोजनासहितको ‘कन्टिन्जेन्सी प्लान’लाई समयानुकूल अद्यावधिक गर्नुपर्नेछ,’ राष्ट्र बैंकद्धारा जारी ९ बुँदे निर्देशनमा भनिएको छ ।

 

यस्तो छ राष्ट्र बैंकले बैंकहरुलाई दिएको ९ बुँदे निर्देशन

 

 

काठमाडौं भ्यू टावरमा बसपार्क सार्ने तयारी, महानगरले थाल्यो स्ट्रक्चर अध्ययन Read Previous

काठमाडौं भ्यू टावरमा बसपार्क सार्ने तयारी, महानगरले थाल्यो स्ट्रक्चर अध्ययन

मेरियट होटल दोस्रो वर्षमा प्रवेश, अप्रिल महिनाभरका लागि ल्यायो यस्तो अफर Read Next

मेरियट होटल दोस्रो वर्षमा प्रवेश, अप्रिल महिनाभरका लागि ल्यायो यस्तो अफर